• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर छल्ने ऐनसेलमाथि कारवाही माग गर्दै दाङमा प्रदर्शन




नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनहरुले देशव्यपी रुपमा राज्यलाई ७२ अर्ब करछलि गर्ने एनसिएल कम्पनी माथि विरोध प्रदर्शनी गरिरहेका छन् ।

त्यसै क्रममा बिहिबार दाङमा पनि पार्टी निकटका युवा संगठन नेपाल र अखिल क्रान्तिकारी दाङको संयुक्त आयोजनामा राज्यलाई ७२ अर्व रावश्व नतिर्ने एसिएल कम्पनी विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

कोणसभामा सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलक योगीले पार्टीले राज्यलाई एकडेढ वर्ष पहिले नै ७२ अर्व करछलि गर्ने एनसिएल कम्पनी माथि कारबाही भएको र त्यस पश्चात केही रकम राज्यलाई बुझाएको भएतापनि दलाल नेताको मिलिमहत्वमा अझै अरबौ अरब करछलि गरिरहेको बताए ।

यदि एनसिएल कम्पनीले तुरुन्तै राज्यलाई राजश्व नतिर्ने हो भने अब नेपाल कम्युनिस्ट पार्टी फेरी संघर्षमा अगाडि बढ्ने बताए । नेपालमा अहिले सामाजिक तथा राजनीतिक अवस्थालाई हेर्ने हो भने वैज्ञानिक समावाद र दलाल संसदीय पुँजीवादी सत्ता बिच टकराब तथा संघर्ष चलिरहेको उनको भनाई थियो । पार्टीले भष्ट्रचारहरुलाई निरन्तर कारबाही गर्ने तथा यो संसदीय व्यवस्थालाई अन्त्य गरी वैज्ञानिक समावाद व्यवस्था लागू गर्नका सबै जनता एक जुट भएर संघर्ष गर्नुपर्ने समेत उनले बताएका थिए ।

त्यस्तै अखिल क्रान्तिकारी दाङ जिल्लाको संयोजक प्रितिमा चौधरीले यो लडाई दलाल सत्ता संग मात्र भएको बताईन् । यो दलाल संसदीय पुँजीवादी व्यवस्थाले सम्पूर्ण नेपाली जनताले दुःख पाएको भन्दै एक पटक एकिकृत जनक्रान्तिको पक्षमा उभिन सबैलाई अनुरोध गरिन् ।

देशमा अहिले मंहगी, कालोबजारी, हत्या, हिंसा र बलात्कार लगाएका घट्ना दिन प्रति दिन बढ्दै गएको समेत उनले बताईन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भयो लामो समय सम्म पनि हत्यारालाई कारबाहीको दायरामा ल्याउन नसकेको उल्लेख गरिन् । अक नेपालमा वैज्ञानिक समाजवाद व्यवस्था लागू भएमा मात्र आए नेपाली जनताले आफ्नो अधिकार सुनिश्चित गर्न पाउँने उनको भनाई थियो ।

Facebook Comments