• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध सर्वोच्चमा रिट




कानुन बिना कर्माचारी भर्ना गरिएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपकुलपति संगिता भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लोक सेवा आयोग र प्रधानमन्त्री कार्यालयलाइ विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ निवासी कानुन व्यवसायी लोकेन्द्र ओलीले बिहिबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । स्वास्थ्य विज्ञान प्रतिष्ठानले कानुन विपरित करिब एक सय कर्मचारी करारमा नियुक्त गरेको छ । कानुन विपरित नियुक्त गरिएका कर्माचारी बर्खास्तीको माग राख्दै रिट दायर गरिएको उनले बताए ।

दुई हप्ता देखि साविक राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्माचारीले प्रतिष्ठान मातहतमा राख्नु पर्ने माग राख्दै त्यहाँ आन्दोलन भइरहेको छ ।

रिटमा प्रतिष्ठान, उपकूलपति डा. भण्डारी, स्वास्थ्य मन्त्रालय, लोकसेवा आयोग र प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालयलाइ विपक्षी बनाइएको छ ।

रिटमा माघ १८ गते पेशी तोकिएको छ ।

Facebook Comments