• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बाँसको कटेरोमा विद्यालय, पढ्न जान मान्दैनन् विद्यार्थी




रुन्टिगढि गाउँपालिका वडा नम्बर ७ सालिबाङको तल्लो गाउका स–साना बालबालिकाहरुलाई आफ्नै वडाको बान्द्रेमा भन्ने ठाउमा अबस्थित देबिस्वरी आधारभुत बिद्यालयमा पढ्न जान टाढा भएकाले गाह्रो पर्छ । दैनिक एक घण्टा हिडेर बिद्यालय जान र एक घण्टा हिडेर घर फर्कन चार बर्षका कलिला बालबालिकालाई निकै गाह्रो पर्छ ।

यही समस्या मध्यनजर गरी करिब तिन बर्ष अघि स्थानियहरुले आफ्नै लगानीमा कक्षा ३ सम्मको बिद्यालय सन्चालन गरेका थिए । अहिले करिब ५० जना जति बिद्यार्थी अध्यन पनि गर्छन् । समुदायले सन्चालन गरेको ज्योतिपुञ्ज नामक प्राथमिक बिद्यालयले यही बर्ष समुदायकै पहलमा कक्षा १ सम्म सन्चालन गर्ने गाउँपालिकाबाट स्वीकृती पाएको छ । तर, बासले बारेको बिद्यालय भवनमा बिद्यार्थीहरुलाई पठनपाठन गराउन निकै समस्या भइरहको बिद्यालयका पूर्वअध्यक्ष एवं अभिभावक रेशम सुनारले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘बिद्यालय सञ्चालनमा हामीलाई निकै कठिनाई भइरहेको छ, हामी करिब ५० घरधुरीले प्रत्येक ४/४ महिनामा १२/१२ सय रकम उठाएर शिक्षकलाई तलब दिन्छौं ।’ त्यहीँ पैसाले शिक्षण सामाग्री पनि किन्ने र पारिश्रमिक पनि दिने गरेको उहाँले बताउनुभयो । ‘अझै ठुलो समस्या भनेको चैत बैशाखको समयमा हावाहुरी, बर्षातमा पानी चुहिने, हिउँदमा जाडोले बिद्यार्थीहरुलाई पढ्न र शिक्षकलाई पढाउन निकै समस्या परिरहेको छ’– उहाँले भन्नुभयो– ‘माथिको बिद्यालय टाढा छ पहाडको बाटो केटाकेटीहरुले हिड्न मान्दैन ।’

टाढाको विद्यालयमा विद्यार्थी जान नसक्ने भएकाले समुदायले नै सहयोग संकलन गरेर पढनपाठनको ब्यवस्था गरे पनि आर्थिक अभावले कठिनाइमा समस्या भएको स्थानीयको भनाइ छ । हिउँदमा जाडो, गृष्ममा गर्मी र बर्षातमा पानीका कारण विद्यालयमा विद्यार्थी पढ्न नै नमान्ने समस्या रहेको स्थानीयको भनाइ छ ।

‘अलि सम्पन्न परिवारले आफ्ना छोराछोरी शहर बजारतिर पढाउछन तर हामीले त्यसरी पढाउन आर्थिकले भ्याउदैन, यतै पढाऔं भनेको निकै गाह्रो भइरहेको छ’– पूर्वअध्यक्ष सुनार भन्नुहुन्छ– ‘हामीले वडा कार्यालयमा पनि समस्या दर्साएका छौं, गाउँपालिकामा पनि यो समस्या दर्साएका छौं, अर्को बर्षदेखि स्थानीय सरकारले हेर्छ कि भन्ने आशा छ ।’ आजको युगमा पनि यस्ता झुपडीमा छोराछोरी पढाउनुपर्दा अप्ठ्यारो लाग्ने गरेको स्थानीयको भनाइ छ ।

रुन्टिगढि गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जंंगबहादुर घर्तिले वडामा बजेट अलि कम भएकाले यस्तो समस्या कायम रहेको बताउनुभयो ।उहाले भन्नुभयो– ‘त्यो ठाउमा बिद्यालय सञ्चालन गर्न आवश्यक नै छ र समुदायले निकै प्रयास पनि गरेका छन्, अहिले कक्षा १ सम्म सञ्चालन गर्ने स्वीकृति पनि ल्याउनु भएको छ । बिद्यालय निकै नै दयनीय अबस्थामा सन्चालन भइरहेकोप्रति म जानकार छु ।’ यो बर्ष बजेट कम आएकाले अन्यत्र खर्च भएको जानकारी दिंदै उहाँले अर्को बर्ष यो समस्यालाई पनि हल गर्ने सोचेको बताउनुभयो ।

गाउँपालिकाले पनि अर्को बर्षदेखि केही पहल गर्ने आश्वासन दिएको छ । ‘यही बर्ष नै बिद्यालयले स्वीकृति प्राप्त गरेको हुँदा समयले पछि पारेर यो समस्या रहेको हो’– रुन्टिगढि गाउँपालिका अध्यक्ष एबम गाउँ शिक्षा समिति अध्यक्ष बालाराम बुढाले भन्नुभयो– ‘यो बर्ष बजेट विनियोजन भएपछि विद्यालयले स्वीकृति लगेकाले केही गर्न सकिएन, आगामी बर्ष बिद्यालयको स्थिति सुधारका लागि अवश्य पहल हुनेछ ।’ आर्थिक बर्ष २०७६÷०७७ को बजेटबाट गाउँपालिकामा रहेका यस्ता अन्य समस्याहरु भएका बिद्यालयहरुको एक पछि अर्को गर्दै हल गर्ने अध्यक्ष बुढाले बताउनुभयो ।

Facebook Comments