• ११ श्रावण २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सानीभेरीमा कृषि पर्यटन तथा व्यापार मेलाको तयारी




रुकुमपश्चिमको सानीभेरीमा फागुन ८ देखि १६ गते सम्म कृषि पर्यटन तथा व्यापार महोत्सब हुने भएको छ ।

सानीभेरी गाउँपालिकाका विभिन्न ऐतिहाँसिक¸ धार्मिक¸ पर्यटकिय क्षेत्रहरुलाई चिनाउन तथा व्यापार व्यवसायमा टेवा पुर्याउने उद्धेश्यले उक्त महोत्सब आयोजना गरेको महोत्सब मुल आयोजक समारोह समितिका संयोजक डिल्ली परियारले बताए ।

कला संस्कृति पर्यटन प्रबर्धन मञ्च सानिभेरी गाउँपालिका रुकुम पश्चिमको आयोजनामा पहिलो पटक हुन लागेको महोत्सबमा गाउँपालिकामा उत्पादित कृषि जन्य सामाग्रीको अवलोकत तथा बिक्रीबितरण¸ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको सांस्कृतिक कार्यक्रम तथा कला संस्कृति पर्यटन प्रबर्धन मञ्च सानिभेरीका कलाकारको सांस्कृतिक प्रस्तुति¸ स्थनिय स्तरका झाँकीहरुको अबलोकण¸ मरुभुमिमा पाइने उट तथा संसारकै सबैभन्दा ठुलो चरा अष्ट्रिचको अबलोकण¸ रोटे पिङका साथै विभिन्न स्टलहरुबाट सस्तो मूल्यमा दैनिक उपभोग्य सामाग्रीको विक्री वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments