• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा नेकपा स्थानीय तहका अध्यक्ष र सचिव चयन




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका दशवटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुंगो लागेको छ ।

प्रदेश नम्बर ५ का अन्य ९ जिल्लाको टुंगो लागे पनि दाङ, रोल्पा र अर्घाखाँचीका स्थानीय तहका अध्यक्ष र सचिवको टुंगो लाग्न सकेको थिएन । आज बसेको प्रदेश कार्यालयको बैठकले तीनवटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टुंगो लगाएको हो ।

जसअनुसार दाङका दश स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमालेले पाएको छ भने चार वटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ । घोराही उपमहानगरपालिकामा पूर्वएमालेका राममणि पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पूर्वमाओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ । लमही नगरपालिकामा पूर्वएमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका बसन्तराज शर्मा ‘विक्रान्त’ सचिव बन्नुभएको छ ।

राप्ती गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्वएमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ । गढवा गाउँपालिकामा पूर्वएमालेका कालीराम चौधरी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल ‘विश्वास’ सचिव बन्नुभएको छ ।

त्यस्तै राजपुर गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका चक्रबहादुर खड्का ‘शिखर’ अध्यक्ष र पूर्वएमालेका शंकर चौधरी सचिव बन्नुभएको छ ।

बंगलाचुली गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका डोमाकान्त कँवर अध्यक्ष र पूर्वएमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ । बबइ गाउँपालिकामा पूर्वएमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्वमाओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ ।

शान्तिनगर गाउँपालिकामा पूर्वएमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ । दंगीशरण गाउँपालिकामा पूर्वएमालेका भरत अधिकारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ ।

बैठकले फागुनको पहिलो हप्ता प्रदेशको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेको छ । त्यस्तै फागुन १ गतेको जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म मनाइने सहिद सप्ताह जिल्लाको सापेक्षतामा आयोजना गर्ने निर्णय गरिएको प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ले सिस्ने अनलाइनलाइ जानकारी दिनुभयो । बैठकले स्ववियू निर्वाचनलाई सहयोग गर्नेलगायत अन्य निर्णय पनि गरेको छ ।

Facebook Comments