• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भेनेजुएला प्रकरणमा नेपालको धारणा– बैदेशिक हस्तक्षेविना निकास खोज्न त्यहाँका जनता समक्ष छन्




सरकारले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा भएको पछिल्ला राजनीतिक विकासक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।

“भेनेजुएलामा भएको पछिल्लो राजनीतिक विकासलाई नेपाल सरकारकाले नजिकबाट नियाली रहेको छ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशको आन्तरिक राजनीतिक समस्या बाह्य हस्तक्षेपबाट स्वतन्त्र रही संवैधानिक परिधिभित्र बसेर प्रजातान्त्रिक मान्यताका आधारमा समाधान गरिनु पर्छ भन्ने नेपालको विश्वास छ ।”

भेनेजुएलाको सम्बन्धमा नेपालीको यही पोजिसन रहेको विज्ञप्तिमा भनिएको छ ।

देशको राजनीतिक र संवैधानिक संकटका विषयमा अन्तिम निर्णय लिने अधिकार भेजेजुएलाका जनतामा रहेको समेत विज्ञप्तिमा स्पष्ट पारिएको छ । “हामी भेनेजुएलाको शान्ति, स्थिरता र एकताको पक्षमा छौं र शान्तिपूर्ण तरिकाले अविश्वास हटाउन आग्रह गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments