• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्बिकेश्वरी मन्दिरमा ‘फ्री’ वाइफाइ




दाङको महत्वपूर्ण धार्मिकस्थल घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिरमा निशुल्क वाइफाइ जडान गरिएको छ ।

वल्र्डलिंक कम्युनिकेसन्स प्रालिले पाँच बर्षसम्मका लागि निशुल्क वाइफाइ सुविधा प्रदान गर्ने गरी जडान गरेको छ ।

अब मन्दिरमा पुग्ने जोकोहीले पनि पासवर्डविना नै निशुल्क वाइफाइ प्रयोग गर्न पाउने छन् । एक जना व्यक्तिले हरेक दिन ९० मिनेटसम्म नेट चलाउन पाउने गरी निशुल्क वाइफाइ जडान गरिएको प्रालिका घोराही शाखा प्रबन्धक आकाश सापकोटाले जानकारी दिनुभयो । जति धेरैले चलाए पनि दुइ सय एमवी क्षमता नघट्ने गरी नेट सुविधा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै वल्र्डलिंकले जिल्ला प्रशासन कार्यालय, बुद्ध अस्पताल र यूनिक मार्केट तुलसीपुरचोकमा पनि उपभोक्तालाई निशुल्क वाइफाइ सुविधा दिने गरी नेट जडान गरिएको सापकोटाले जानकारी दिनुभयो ।

Facebook Comments