प्रदेश स्तरीय पोल्ट्री व्यवसायि मञ्च गठन गरीएको छ । प्रदेश नं ५ का पोट्री व्यवसायिहरुको दाङको घोराहीमा भएको भेलाले मञ्च गठन गरेको हो ।
मञ्चका अध्यक्षमा वुटवलका दीपक आचार्य रहनुभएको छ । उपाध्यक्ष हाल लाइ खाली राखिएको छ । महासचिवमा दाङका डिल्लीवहादुर डाँगी, सचिवमा कपिलवस्तुका रुद्र रौतार, कोषाध्यक्षमा पाल्पाका धर्मवहादुर वुढाथोकी रहनुभएको छ ।
सदस्यहरुमा पश्चिम नवलपरासीवाट विरेन्द्र राना, दाङवाट गिरीराज रेग्मी, निमवहादुर वुढाथोकी र धनेश्वर वली र अर्धाखाचीवाट जनक खनाल रहनुभएको छ ।
अन्य एक जना थप गर्ने मञ्चले जनाएको छ । प्रदेशमा रहेका कुखुरा व्यवसायीका संरक्षण संबर्धनका लागि समिति गठन गरिएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।