• ६ चैत्र २०८०, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जयपुरमा नेपाल–भारत कवि संवाद




भारतको जयपुर रवीन्द्र मञ्चमा चलिरहेको समानान्तर साहित्य उत्सव’अन्तर्गत मंगलवार नेपाल–भारत कवि संवाद भएको छ ।

कार्यक्रममा नेपाली कवि सरिता तिवारी, अभय श्रेष्ठ र प्रमोद धितालले हिमन्दी तथा नेपाली दुबै भाषामा कविता वाचन गर्नुभएको थियो । भारतीय कवि नित्यानन्द गायेनले पनि कविता वाचन गर्नुभएको थियो । कार्यक्रम संयोजक अभय श्रेष्ठले गर्नुभएको थियो ।

यसैगरी कवि सरिता तिवारीको हिन्दीमा अनुदित कविता संग्रह ‘सवालौंका कारखाना’माथि छुट्टै सत्रमा परिचर्चा भएको थियो ।

कविता संग्रहभित्र समेटिएका कविताहरुको विषयवस्तु, अनुवाद तथा वर्तमान नेपाली कविताको लेखनको अवस्था र प्रवृत्तिबारे लेखक तिवारी, कवि श्रेष्ठ र अनुवादक धितालले चर्चा गर्नुभएको थियो ।

कार्यक्रम सहजीकरण भारतीय कवि नित्यानन्द गायेनले गर्नुभएको थियो ।

Facebook Comments