• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ग्लोबल आइएमइ बैंकको बार्षिकोत्सवमा प्रभातफेरि




ग्लोबल आइएमइ बैंकको बार्षिकोत्सवको अवसरमा घोराही शाखाले शनिवार प्रभातफेरि गरेको छ ।

‘सबैका लागि बैंक’ भन्ने नाराका साथ स्थापना भएको बैंकले १२ औं बार्षिकोत्सव मनाएको छ । २०६३ सालमा स्थापना भएको बैंक विभिन्न दश बैंक तथा वित्तीय संस्थाहरुसँगको मर्जपछि ग्लोबल आइएमइ बैंक बनेको हो ।

हाल ७ एक्सटेन्सन काउन्टर, १४१ एटीमए, ११५ शाखारहित बैंकिङ सेवा, साढे नौ लाख बढी ग्राहक, एक हजार सात सय कर्मचारी, अष्ट्रेलिया, यूके र दिल्लीमा सम्पर्क कार्यालय तथा १३३ वटा शाखा रहेको बैंकले जनाएको छ ।

बैंकको बार्षिकोत्सवको अवसरमा घोराहीमा प्रभातफेरि गरिएको शाखा प्रबन्धक बसन्त रेग्मीले जानकारी दिनुभयो ।

Facebook Comments