• २ असार २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौधरीको सम्मानमा पुरस्कार घोषणा




पत्रकार एवं साहित्यकार छबिलाल कोपिलाले आमा पार्वती थारुको सम्झनामा पुरस्कार घोषणा गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले गरेको श्रद्धाञ्जलीसभामा उहाँले पुरस्कार घोषणा गर्नुभएको हो । कोपिला पत्रकार महासंघको केन्द्रीय सभासद् हुनुहुन्छ ।
उहाँले पाँच बर्षसम्म ५० राशीको अक्षयकोष आफैसँग रहने र त्यसपछि एक लाख राशि बनाएर कुनै संस्थालाई हस्तान्तरण गर्ने बताउनुभयो ।

आफू पत्रकारिता, साहित्य र कलाकारितामा लागेकाले यी विधाभित्रै रहेर काम गर्नेलाई पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

महासंघ दाङका उपाध्यक्ष लीला शाहको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले छोराछोरी कस्तो हुने भन्ने आमाबाबुमा भर पर्ने भएकाले कोपिलाजस्तो प्रतिभावान छोरा जन्माउने आमाको बिशेष सम्मान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम सञ्चालन महासंघका सचिव भुपेन्द्र ओलीले गर्नुभएको थियो । बिसं १९८९ मा जन्मनुभएकी पार्वती चौधरीको ८६ बर्षको उमेरमा २०७५ माघ ४ गते निधन भएको थियो ।

Facebook Comments