• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णसेनको भग्नावशेष घरअगाडि राप्ती सभ्यताको महिमा




राप्ती नदीको किनारामा रहेको एउटा सानो वस्ती । पूर्वपश्चिम राजमार्गको छेवैमा रहेको एउटा सुन्दर गाउँ । केही समय मिटर मात्रै हिड्दा दाङ भेटिन्छ तर यो वस्ती हो अर्घाखाँचीको । पूर्वपश्चिम राजमार्गको तीन किलोमिटर मात्रै अर्घाखाँचीको भूभाग पर्दछ तर यो ठाउँले लुम्बनीलाइ पश्चिम नेपालसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ ।

शुक्रवार अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ सातमारास्थित सहिद पत्रकार कृष्णसेन इच्छुकको भग्नावशेष घर अगाडि गरिएको प्रादेशिक सञ्चार सम्मेलनको उद्घाटनमा सञ्चार र विकासका मात्रै कुरा भएनन्, राप्ती नदीको किनारामा उपस्थित भएर सरोकारवालाहरुले राप्ती नदीको महिमा पनि प्रशस्तै गाए ।

कार्यक्रमको शुरुमै बोलेका सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले ‘यो पबित्र भूमि’लाई प्रदेश राजधानी बनाउन माग गरेपछि फरक रौनक थपियो ।

केही दिनअघि मात्रै नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई राजधानी बनाउन माग गर्दै वृहत प्रदर्शन गरेको केही दिनपछि दाङ र कपिलवस्तुको नजिक रहेको राप्ती किनारामा आयोजित कार्यक्रम कांग्रेस अर्घाखाँचीका पूर्वसभापति समेत रहेका सिन्धखर्कका प्रमुखले यही क्षेत्रमा प्रदेश राजधानी बनाउन माग गरेपछि अर्घाखाँचीको मत प्रकट भएको धेरैले अर्थ लगाए ।

सन्धिखर्कका मेयर भुसालभन्दा चार जनापछि बोलेका मुख्यमन्त्री शंकर पोख्रेलले यो क्षेत्रको महिमामा धेरै समय खर्चनुभयो । उहाँले राजधानीको बिषयमा कुनै शब्द नबोले पनि यो आसपासका क्षेत्रले सिंगो प्रदेशलाई जोडेको बताउनुभयो ।

‘राप्ती ५ नम्बर प्रदेशको एकल नदी हो’– उहाँले भन्नुभयो– ‘यसले तीनवटै आञ्चलिक मनोविज्ञानको प्रतिनिधित्व गर्छ ।’ यो प्रदेशमा राप्ती, भेरी र लुम्बिनीको मनोविज्ञान रहेको औल्याउँदै राप्ती नदीले नै प्रदेशलाई जोड्ने काम गरेको उहाँले बताउनुभयो ।

भालुवाङदेखि पूर्व जाने सयौं टिप्परहरुको लस्कर सम्झदै उहाँले राप्ती नदीबाट निकालिएको निर्माण सामग्रीले नै नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा विकास निर्माणका काम अघि बढेको बताउनुभयो ।

‘राप्ती हुँदैन्थ्यो भने यी जिल्लाको विकास निर्माण निकै गाह्रो हुन्थ्यो’– मुख्यमन्त्री पोख्रेलले थप्नुभयो– ‘राप्तीको त आफ्नै भावना नै भयो, भेरीको बाँके र बर्दियाले प्राप्त गर्ने खनिज पनि राप्ती नदीकै उपज हो, त्यसैले यो नदी प्रदेशकै नवनिर्माणको जग हो ।’

नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना बन्यो भने यसले प्रदेशलाई विद्युत, अर्घाखाँची र प्युठानलाई पर्यटन तथा दाङ र बाँकेलाई जीवन दिने टिप्पणी गर्दै उहाँले राप्ती नदी र आसपासको क्षेत्र लुम्बिनीलाई पश्चिम नेपालसँग जोड्ने सेतु भएको बताउनुभयो ।

Facebook Comments