• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटका सबै वडामा मेलमिलाप समिति




जिल्लाको मुसीकोट नगरपालिकामा न्यायीक समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले सबै वडाहरुमा वडा अध्यक्षको संयोजकत्वमा मेलमिलाप समिति गठन गर्ने, तालिम लिइ नगरमा सुचीकृत मेलमिलाप कर्ताको नामावली संकलन गर्ने, न्यायीक समितिमा आएका उजुरीहरुलाई जतिसक्यो चाँडो मेलमिलापको माध्यमबाट किनारा लगाउने लगायतका निर्णय गरेको छ ।

त्यसैगरि न्यायीक समितिलाई थप प्रभावकारी बनाउन मासिक रुपमा नियमित बैठक बस्ने, कानुन सम्बन्धी अध्ययन्लाई बिशेष जोड दिने, पिडितले दिएको निवेदनको आधारमा भन्दा पनि सकेसम्म औपचारिक रुपमै मुद्धा दर्ता गरि मेलमिलाप मार्फत मुद्धाको किनारा लगाउने लगायतका निर्णय गरेको छ ।

बैठकमा नगरप्रमुख देबीलाल गौतमको बिशेष आतिथ्यता रहेको थियो । नगरपालिकाकी उपप्रमुख तथा न्यायपालिका संयोजक प्रेम कुमारी सुनारको अध्यक्षतामा शुक्रबार बैठक सम्पन्न भएको हो ।

Facebook Comments