• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णसेनको जन्मथलोमा प्रादेशिक मिडिया सम्मेलन




प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सञ्चारक्षेत्र लगानीकर्ताको प्रभावमा पर्ने गरेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेशले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ८ जलुके स्थित स्वर्गीय सहिद कृष्ण सेन इच्छुकको घरमा आयोजना गरेको प्रादेशिक सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले ठूला सञ्चार गृहले सन्तुलन कायम गर्न नसकेको बताउनुभयो ।

धेरै कमाएपछि लगानी सुरक्षित गर्ने माध्यम सञ्चार क्षेत्र बनेको छ, त्यही मिडियाको प्रभावमा नेपालको संचार जगत पर्ने गरेको छ । यसमा पत्रकार महासंघले छानविन गर्न आवश्यक छझ पोख्रेलले भन्नुभयो । संञ्चार क्षेत्र बलियो भए मात्रै, लोकतन्त्र बलियो हुने भन्दै कार्यक्रमका प्रमुख अतिथि पोख्रेलले पत्रकार महासंघलाई लगानीको प्रभावमा गरिने पत्रकारीता स्वतन्त्र हुनै नसक्ने बताउनुभयो । पुर्व सञ्चारमन्त्री समेत रहनु भएका मुख्य मन्त्री पोख्रेलले मिडियाको गलत प्रवृत्ति नियन्त्रण गर्न सकेमात्रै मिडिया बलियो हुँदै जाने बताउनुभयो ।
सरकारले देवानि र फौजदारी संहिता तयार भएपछि पत्रकार महासंघले विरोध गर्न शुरु गरेको भन्दै बर्तमान सरकारकै पालामा नभएर पहिल्यै सरकारमा पारित भएको र बर्तमान सरकारले लागु गरेको बताउनुभयो ।ञ यहाँ बामपन्थी सरकारले यसो ग¥यो उसो ग¥यो भनिएको छ,तर यो पहिले देखि नै छलफल हुँदै पारित भएरु अहिले लागु भएको हो । जे हो त्यही नभनीदिदा समस्या भएको होझ पोख्रेलले भन्नुभयो ।

प्रदेश सरकारले अहिले सम्म कानुन निर्माणमा जोड दिएकाले प्रदेश सरकारको काम नदेखिएको भन्दै उहाँले यसबर्षदेखि जनतालाई प्रदेश सरकार राज्य पुर्नसंरचनाको महशुस हुनेगरी काम गर्ने बताउनुभयो । प्रदेश पाँचको मुटु राप्ती नदी भएकोले राप्ती नदीबाट प्रदेश पाँचका सबै जिल्लाले लाभ लिइरहेकोले नौमुरे वहुबर्षिय योजनाले बिधुत, पर्यटन र सिंचाइमा धेरै परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा संघीयता नआएको बताउनुभयो ।ञ बर्तमान अवस्थामा पनि प्रेस पास नविकरण, संञ्चार माध्यम दर्ता लगायतको कामको लागि काठमाण्डौ जानुपर्ने बाध्यता हटेको छैन । त्यसैले सञ्चार क्षेत्रमा पुर्नसंरचना भएको छैनझ पोख्रेलले भन्न्ुभयो । यसैगरी न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले न्युनतम पारिश्रमिक लगाु नगर्ने सञ्चार माध्यमको सरकारी सुविधा रोक्नुपर्ने बताउनुभयो । ]

प्रदेश पाँचका १२ जिल्लाका पत्रकारको सहभागिता रहेको कार्यक्रम स्थल दाङ, प्युठान, अर्घाखाँची र कपिलबस्तुको संगम स्थल अर्घाखाँचीको शितगंगा ८ जलुकेमा शहीद कृष्णसेन इच्छुकको घरमै पुगेर कृष्णसेन इच्छुकको ब्यक्तित्वको चर्चा गरिएको छ । शहिद सप्ताह शुरु भएको दोस्रो दिन पत्रकार महासंघले नेपालमै पहिलो पटक प्रादेशिक सञ्चार सम्मेलनको आयोजना गरेको हो । कार्यक्रम शुक्रबार र शनिबार दुइदिन सम्म सञ्चालन गरि पत्रकारीता क्षेत्रमा महत्वपुर्ण कार्यपत्र प्रस्तुत गर्न कार्यक्रम रहेको प्रदेश अध्यक्ष मौसम रोकाले जानकारी दिनुभयो ।

कार्यक्रममा शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, सन्धीखर्क नगरपालिका प्रमुख कमलप्रसाद भुसाल, पत्रकार महासंघका केन्द्रिय सचिव रमेश विस्ट, प्रदेश सांसद इन्द्रजीथ थारु लगायतका बत्ताले शम्बोधन गर्नुभएको थियो । पत्रकार सुर्य थापाले शहिद तथा पत्रकार कृष्णसेन इच्छुकको ब्यक्तित्व बारेमा चर्चा गर्नुभएको थियो ।

Facebook Comments