• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाबाट समातिए गोरु तस्कर, प्रहरीलाई बुझाइयो




विप्लवनिकट युवाहरुको संगठन युवा संगठन नेपालले अवैध रुपमा गोरु तस्करी गरिरहेको गाडी नियन्त्रणमा लिएर कानुनी कारबाहीको लािग प्रहरीलाई जिम्मा लगाएको छ ।

कपिलवस्तु जिल्लास्थित चन्द्रौटादेखी १० किमी पश्चिमक्षेत्रमा रहेको बनकसाको जंगलमा पश्चिम बाकेदेखी ल्याउँदै गरिएका ८ वटा ट्रकहरु नियन्त्रणमा लिएर रातभर गोरुका गाडीहरुलाई निगरानी गरी विहान प्रहरी प्रशासनलाई खबर गरी पत्रकारहरुका बीच प्रहरीलाई बुझाएको हो ।

८ वटा ट्रकमा रहेका १९१ वटा गोरु र बाटोमा ल्याउँदै गरिएका ३ वटा ट्रकमा रहेको ७५ वटा गोरु लिएर भने ट्रकहरु बाटोबाटै भागेका र बाकीँ रहेका ट्रकहरुलाई कब्जा गरी रातभर राखिएको थियो । दिनमा जंगलको बीचमा लगेर राख्ने र रातको समयमा तस्करी गर्ने गरेको स्थानीयबासी बताउँछन् ।

पटकपटक प्रहरीलाई जानकारी गराउँदासमेत प्रहरीले कुनै निग्रानी नगरेको भन्दै विप्लव निकट युवाहरुलाई स्थानीय जनताले सुचना गरेको आधारमा समातिएको युवा संगठनका एक नेताले नविनले बताए । पत्रकारहरुमार्फत प्रहरीलाई सो गोरुको अवैध कारोबारको जानकारी गराउँदासमेत प्रहरीले वेवास्ता गरेमा अर्कोपटक जनताकै स्तरबाट आफूहरुले नै कारबाही गर्ने ति नेताले पत्रकार सम्मेलनमा बताए ।

व्रम बाबा सप्लार्यस, पिप्ली ५, हेटौडाँ मकवानपुरको फर्मले जाकीर हुसेन खान नाम गरेका व्यक्तीलाई सर्लाहीको नवलपुर ठेगाना उल्लेख गरी कृषि प्रयोजनको लागि भन्दै १९१ वटा गोरुलाई भेटेनरी डा। बसन्त बहादुर केसी नाम गरेका डाक्टरले प्रमाणित समेत गरेका छन् । ना ६ ख २२११, ना ६ ख १६९१, ना ८ ख ६३, ना ६ ख ९८७२,ना६ ख १८८२, ना ५ ख ८४, ना ५ ख ५९६८, लु १ ख ९५२९ नम्बर गरेका ८ ट्रकमा १९१ थान गोरु र कतिपय कृषि प्रयोजनको लागि समेत किनबेच गर्न नपाईने साढेहरु समेत उक्त ट्रकहरुमा देखिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक सिडियो रामेश्वर अर्यालले यस विषयमा मन्त्रालयमा जानकारी गराउनुपर्ने र आफूले केही गर्न नसक्ने बताए । त्यसपछि स्थानीय तथा युवा संगठनले नजिकको प्रहरी कार्यालय चन्द्रौटाका ईन्स्पेक्टर भीम उपाध्यायलाई जानकारी गराएको थियो ।

सबै खानतलासी गर्ने र कानुनबमोजिम भए आफूले समेत केही गर्न नसक्ने ईन्स्पेक्टरले जानकारी गराएका थिए । गोरुहरु जिम्मा लगाउँदै युवा संगठनले नेपाल सरकारले उल्लेख गरेको न्युनतम कानुनभित्र नरहेको, कर छलि गरेर अवैध सामग्री ओसारपोसार गरेको, कृषि प्रयोजनको लागि भन्दै बंगलादेश मासुजन्य प्रयोजनको लािग हिडालिएको, थोरै संख्याको भेटनरी गरी अत्याधिक धेरै संख्यामा हिडालिएको लगायतका तथ्यहरुसहित प्रहरीलाई जिम्मा लगाएको र कारबाही नगरे आफूहरुले कारबाही गर्ने चेतावनीपछि गोरु प्रहरीलाई बुझाएका थिए ।

Facebook Comments