• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा यसरी छोपिए नाइकेसहितका चोरहरु




दाङको तुलसीपुर बजारक्षेत्र तथा आसपासका टोलहरुमा घरमा कोही नभएको मौका छोपी बिभिन्न सामानहरु चाेरि गर्ने गिराेहलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसिपुरबाट खटिएको प्रहरीकाे विशेष टाेलिले विभिन्न ठाउबाट चाेरहरुलाई नियन्त्रणमा लिईएकाे डिएसपि प्रेम बहादुर शाहिले जानकारी दिनुभएको छ ।

डिएसपि शाहिका अनुसार विभिन्न घटनामा सम्लग्न चाेरहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको समेत बताउनुभयो । उहाले भन्नुभयो” अन्यत्रबाट पसलहरुमा चाेरि लगायत विभिन्न घटनामा सम्लग्नहरुकाे व्यापक खाेजि कार्य भैरहेको छ ” ।

युवाहरुकाे समुहले घरका कोठाहरुमा लगाएका ताल्चा फोडी घरमा भएका दराज तथा झोलाहरुमा राखेका नगद तथा सुन चाँदीका गर गहाना, बिभिन्न कम्पनीका मोवाईल, क्यामरा र माेटरसाईकल लगायतका सामानहरु चोरी भएको घटना सम्बन्धमा यस कार्यालयबाट अनुसन्धान गर्दै जाँदा उनिहरु सम्लग्न भएको पाईएकाे हुदा प्रहरीले पक्राउ गरेर अाबश्यक कार्वाहीका लागि प्रकृया अगाडि बढाईएकाे समेत डिएसपि शाहीले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा जिल्ला दाङ तुलसीपुर उपमहानगरपालीका वडा नं.७ बस्ने बर्ष २० का कृष्ण चौधरी ।
सचिन चौधरी, गुरु प्रसाद चौधरी र बर्ष १५ को एकजना नावालक रहेकाछन ।बालकलाई भने स्थानीय तहकाे जिम्मा लगाईने प्रहरीले जनाएको छ । उनिहरुले करिब ८ लाख बराबरको धनमाल चाेरि गरेका थिय ।

मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ

त्यसैगरि दाङ तुलसीपुर उप-महानगरपालिका वडा नम्बर ७ तमाखे वस्ने वर्ष ४० को छविलाल भण्डारीकाे रा ५ प.५३६७ नं.मोटरसाईकल पार्किङ्ग गरी राखेको अवस्थामा जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं.७ खर्चवा वस्ने वर्ष २० को तिलक चौधरीले उक्त माेटरसाईकल चोरी गरेर नम्बर परिवर्तन गरी चलाई रहेको अवस्थामा फेला पारेको थियोे । चाैधरिलाई चोरी मुद्दा अन्तरगत मुद्दा चलाउन प्रकृया अघि बढाईएकाे समेत ईलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।

यस अघि चोरीमा संलग्न रहेका कृष्ण चौधरी र सचिन चौधरीको नाममा प्रहरी कार्यालयमा चोरी सम्बन्धि मुद्दा समेत दर्ता भैसकेकाे थियो ।

Facebook Comments