• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चार बर्षपछि फर्कियो शुष्माको खुशी




महिला दिदिबहिनीहरुको एउटा सुन्दर गहना भनेको कपाल हो त्यही कपालले महिला दिदिबहिनीहरु सुन्दरताले भरिपुर्ण हुन्छन । अझ भनौ कपालले महिला दिदिबहिनीहरुलाई सुन्दरता संगै आकर्षक बनाएको हुन्छ ।

तर रुकुम पुर्बकी एक किशोरि भने उक्त गहनाको रुपमा रहेको पुरै कपाल झरेर पिडामा परेकी थिइन ।

जिल्लाको सिस्ने गाउँपालिका वडा न ५ टाकुरा रुकुमकोट निवासी १८ वर्षीया सुस्मा बुढाथोकी विगत ४ वर्षदेखि टाउकामा भएको कपाल झर्ने समस्याले पीडित भएकी थिइन। बुढाथोकीको सुरुका वर्षहरुमा थोरै मात्रामा कपाल झरे पनि पछिल्लो समयमा भने भएको पूरै कपाल झरिसकेको थियो।

कपाल झरन नदिनका लागि उनले धामी झाँक्री बैद्द्य देखि लिएर आयोर्बेद र अस्पताल धाए पनि उनको समस्या समाधान हुन सकेको थिएन ।

कपाल झर्ने समस्या निकै बढेपछि पीडित सुस्मा उपचारको लागि संघीय राजधानी काठमाडौ स्थित टिचिङ हस्पिटलमा पुगिन त्यहाँ रगतको खराबीको कारण यस्तो भएको भन्दै तीन महिनासम्म औषधि खानुपर्ने डाक्टरले सुझाव दिएका थिए ।

टिचिङ हस्पिटलका डाक्टरले उनलाई तीन महिनासम्म औसधि खान आग्रह गरे पनि उनले आर्थिक अभाबले गर्दा एक महिनाको मात्र औसधि ल्याएर घर फर्किन” उक्त औसधि एक महिनासम्म नियमित खाए पनि उनको टाउकामा भने कुनै परिवर्तन आएन ।

घरको आर्थिक अबस्था कमजोर भएकै कारण सुस्माले बिशषज्ञ डाक्टर कहाँ आफ्नो समस्या लिएर जाने तथा आफ्नो झरेको कपाल पुनः आउ छ भने आस उनले मारिसकेकी थिइन।

तर कलिलो उमेरमा लामो समय देखि कपाल झर्ने समस्या बाट सुस्मा गुज्रिएको थाहा पाए पछि उनको ओठमा हासो र गुमेको गहना फिर्ता लिने उद्देश्यका साथ पत्रकार जितेन्द्र बुढाथोकीले सुस्मा बुढाथोकीको समस्याको विषयमा समाचार लेखेर स्थानिय र रास्ट्रीय स्तरका विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजाल बाट उक्त समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।

फोटो सहितको उक्त समाचार प्रकाशन प्रशारण पछि सुस्माको कपालको उपचारको लागि स्वदेश तथा बिदेशमा बस्ने नेपाली नागरिक बाट केही सहयोग रकम सङकलन भएको थियो ।

उनको उपचार को लागि रुकुम पुर्ब सिस्ने गाउपालिका वडा न. ५ का वडा अध्यक्ष सान्ते बहादुर बि क ले रु दुई हजार पाँच सय रुपैयाँको स्वास्थ्य बिमा गरिदिनु भएको थियो । भने सिस्ने गाउँपालिका वडा न ५ बाहुनथाना निवासी केशवचन्द समालले पाँच हजार रुपैया , सोही वडा टाकुरा घर भइ अमेरिका बस्दै आउनु भएका प्रमोद बस्नेतले रु पाँच हजार तीन सय रुपैयाँ ,अमृत बुढाथोकीले रु ५ हजार रुपैयाँ सहयोग गर्नु गर्नुभयो ।

त्यस्तै सिस्ने गाउँपालिका वडा न ५ टाकुरा निवासी पत्रकार मदन बि सि बाट रु पाँच हजार पाँच सय पचपन्न रुपैयाँ, महेश परियार बाट तीन हजार पाँच सय रुपैया, रमेश थापा बाट दुई हजार चार सय पचास रुपैयाँ सोही वडाकी गिता बुढाथोकी बाट तिन हजार रुपैया, केशव थापा बाट पाँच सय रुपैयाँ लोकेन्द्र बुढाथोकी बाट दुई सय रुपैयाँ र रुक्मिणि मा बि रुकुमकोट बाट एक हजार एक सय रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

त्यस्तै भुमे गाउँ पालिका वडा न २ निवासी वेदना बुढा मगरले एक हजार पाँच सय रुपैया, त्रीवेणी गाउँपालिका रुकुम पश्चिमका रिम बहादुर चन्दले दुई हजार रुपैया र गुर्भाघाट नगरपालिका सुर्खेतका कमल प्रसाद ढकालले एक हजार पाँच सय रुपैया सुस्माको उपचारको लागि सहयोग गर्नु भएको थियो ।

सुस्माको उपचारको लागि जम्मा सङकल भएको ३५ हजार पाँच सय ५५ रुपैयाँ तथा आफू संग भएको केही रकमले सुस्मा र सुस्माको दाइ गोपाल बुढाथोकी लाई साथमा लिएर पत्रकार बुढाथोकी प्रदेश न ५ को प्रादेशिक राजधानी बुटवलमा भएको एक छाला हस्पिटलमा गएका थिए ।

त्यहा उपचार सुरु गरेपछि उनको कपाल करिब ४ बर्ष पछि बिस्तारै पलाउन थालेको छ। आफ्नो टाउकामा भएको झरेको कपाल पुनः पलाउन थालेपछि सुस्माको खुसीको सिमा नै छैन ।
फेरि कपाल पलाउला भन्ने मेरो त आश नै थिएन सुस्माले भनीन पत्रकार जितेन्द्र दाइले गर्दा मेरो झरेको कपाल पलायो मरेको आश पलायो म एकदमै खुसी छु ।

उनले भनिन दाइ मेरो अभिभावक हो जसले गर्दा मैले ४ बर्ष अघि गुमेको खुसी ४ बर्ष पछि पाएको छु ।

बिगत तीन चार महिनासम्म कपाल नभएकै कारण घर बाट बाहिर निस्किदा तथा स्कुलमा पढन जादा सधै टाउकोमा कपडा बाँधेर जाने १८ बर्सिया सुस्मा अहिले भने कपाल कोरेर विद्यालय जाने गरेकी छिन ।

जस्ले गर्दा उनको घर परिवारमा खुसी छाएको छ । बहिनिको उपचार सफल भइ गुमेको कपाल पलाएकोमा खुसी ब्यक्त गर्दै सुस्माका दाइ गोपाल बुढाथोकीले आर्थिक रकम जुटाउनका लागि अहम भुमिका निर्वाह गर्ने पत्रकार जितेन्द्र बुढाथोकी लगायत आर्थिक रकम सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।

उनको कपाल पुर्ण रुपमा नआइ आंशिक रुपमा मात्र आएको तथा पुर्ण रुपमा सबै कपाल आउनको लागि अझै एक बर्ष भन्दा बढी समयसम्म औसधि नियमित सेवन गर्नुपर्ने डाक्टरले बताएको भन्दै सहयोगि दाताहरूले बहिनिको उपचारका लागि थप आर्थिक सहयोग गरिदिन गोपालले सबैमा आग्रह समेत गरेका छन ।

Facebook Comments