• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अन्तर्राष्ट्रिय बजारमा सुनको कारोबार गर्न दाङमा उद्योग




अन्तर्राष्टिय बजारमा सुनचाँदी र हिराका गहनाको कारोवार गर्ने उद्देश्यका साथ घोराहीमा पाल्पा भैरब एण्ड सन्स सुनचाँदि गहना उद्योग स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य धु्रर्वराज श्रेष्ठ भारीले शहिद उमेश मार्गमा रहेको उद्योग सोमवार उद्घाटन गर्नुभएको हो ।

केहि समय अघि देखि घोराहीमा व्यापार व्यवसायको क्षेत्रले आधुनिकता तर्फ फड्को मारेको भन्दै प्रमुख अतिथि श्रेष्ठले खुशि व्यक्त गर्नुभयो । सुनचाँदीमा सुद्धता, लगानीको केहि प्रतिशत मुनाफा खाएर व्यवसायीक इमान्दारीता कायम राख्न श्रेष्ठले आग्रह गर्नुभयो । उहाँले कालोबजारी, मिसावट जस्ता आरोप चिर्न सुझाव दिनुभयो । विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिंह बुढाथोकिले सबैले बुझेको, चिनेको व्यवसायीले सुविधा सम्पन्न उद्योग चलाएको भनि प्रशंसा गर्नुभयो । लामो अनुभव र इमान्दारीता रहेको पाल्पा भैरवले उद्योग स्थापना पछि पनि थप विकास गरोसभनि सुभकामना दिनुभयोे ।

अनेकौँ प्रविधिले जाँच गरेपनि खोट भेटाउन नसकिने गरी गहना तयार गर्दै आएको पाल्पा भैरव सुनचाँदीका प्रमुख धु्रर्वकुमार गहतराजको भनाई थियोे । łłम ज्ञारेन्टीका साथ भन्छु, कुनै मिसावट भेटाउनु हुन्न कार्यक्रमका अध्यक्ष एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय सदस्य गहतराजले थप्नुभयो, łमेसिन मार्फत हामिले शुद्धता जाँच गरेर मात्रै ग्राहकलाई गहना दिन्छौँ । नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीका निवर्तमान अध्यक्ष गहतराजले विश्व व्यपारमा प्रतिस्पर्धा गर्ने लक्ष्यका साथ उद्योग स्थापना गरेको बताउनुभयो ।

उहाँका अनुसार विश्व बजारमा प्रतिस्पर्धा गर्ने गहना निर्माणका लागि आधुनिक प्रविधि सहित स्थापना गरीएको छ । तौलमा कमि, मिसावट, लगाए समस्या भेटिए तत्कार्द कार्वाहुने गहतराजको भनाई थियो । राम्रो गरेरै स्थापीत हुने बाचा गर्नुभयो ।

अतिथि होईन हामिले परिवार सम्झेका छौँ भन्दै उद्योगका सञ्चालक निरञ्जन गहतराजले उपस्थितिप्रति अपनत्वको भाव प्रकट गर्नुभएको थियो । सहभागिलाई स्वागत गर्दै उहाँले घोराहीमा रहेका सुनचाँदी पसलले दिन छुटाएको आधुनिक सेवा दिन उद्योग स्थापना गरेको जानकारी दिनुभयो । łपुराना पसलहरुले दिन नसकेका सेवा दिन्छौ सञ्चालक गहतराजले भन्नुभयो, łसुन चाँदी र हिराका गहनाहरु अर्डर अनुसार उपलब्ध गराउने छौँ । ग्राहकले मन पराईदिएकैले पाल्पा भैरव सुनचाँदी पसलले अहिले सम्मको सफलता हासिल गरेको उहाँको भनाई थियो ।

उद्योगको शोरुम पनि निकै आकर्षक ढंगले सजाईएको छ । कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले अत्याधुनिक शोरुम स्थापना भएको भनेर खुशि व्यक्त गर्नुभएको थियो । त्यहि अनुसारको राम्रा्े सेवा दिन अध्यक्ष प्रियासनले शभकामना दिनुभयो । सञ्चिालिका निषा गहतराज सहितको पारीवारीक सदस्यहरुले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । उद्घाटन कार्यक्रमको सहजीकरण नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीका प्रेस सल्लाहकार जनक नेपालीले गर्नुभएको थियो ।

Facebook Comments