• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घर निर्माण र सजावट गर्न घोराहीमा ‘पिमा’




भ¥याङ्, पार्किङ, किचेन, स्वीमिङ, ट्वाईलेट, वाथरुम हरेक ठाउँमा अलग अलग किसिमका टायलहरु प्रयोग हुन्छन् । स्थान छुट्याउन रंग, साईज र आवश्यक बुट्टा सहितका सोच कम्पनीका टायलहरु घोराही १५ सडक बिभाग ओरालोको पिमा ईन्टरनेश्नलले ल्याएको छ । फिटिङ गर्ने प्राविधिक सहित सुविधा रहेको सन्चालक सागर भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी ब्लुवर्ड कम्पनीका सावरको राप्ती अञ्चलको आधिकारीक विक्रेता पनि रहेको सञ्चालक भण्डारीको भनाई छ । उहाँका अनुसार जगदम्बा पाईपको भालुवाङ देखि धनगढिसम्मको एकमात्र डिलर हो । जगदम्बाका पाइप, ट्याङकी, पाइप फिटिङ लगाएतका सेवा उपलब्ध छन् । वाथटप, कमोड, बेसीन, युरिनल सिंक लागाएत आधुनिक सामाग्रीको पनि सुविधा छ । नाफा मुलक भन्दा ग्राहकलाई सन्तोष जनक सेवा दिएर राम्रो छाप बसाल्ने लक्ष्य छ । नयाँ सजावटका साधन भित्रयाएर आधुनिक शहर बनाउने सोँच छ ।

बढ्दै गरेको सौखिन समाजको चाहना सम्बोधन गर्न नबौँ शाखाका साथ घोराही आएको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार भालुवाङ सुर्खेत, नेपालगञ्ज धनगढी लगाएतका क्षेत्रमा आठवटा शाखा यस अघिनै स्थापना गरीएका छन् । मुख्य कार्यालय नेपालगञ्जमा राखिएको छ । अरु शाखामा हार्डवेरका सामानहरु मात्रै राखिएको र घोराहीमा सजावटका सामान थपी फरक शैली अपनाएको भण्डारीको भनाई छ । अत्याधुनिकताको दौडमा रहेको घोराही बजारको माग सम्बोधन गर्न फरक सफल हुने उहाँको विश्वास छ । उहाँकअनुसार बिस हजार बढिको सामान खरीद् गर्नेलाई निशुल्क होम डेलीभरीको सुविधा छ । समस्या आयो भने जानकारीका लागि टोलफ्रि नम्बर पनि राखिएको छ ।

उहाँले माता पिमा भण्डारीको नाममा पसलको नामकराण गर्नुभएको छ भने पिता उमाकान्त भण्डारीबाट रिवन काटेर उद्घाटन गराउनुभएको छ । अतिथिको रुपमा आमन्त्रीत प्रमुख अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष टंकसिह बुढाथोकी, भरतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष संकर गौतम, नेकपाका नेता केशवराज न्यौपाने लगाएतका अतिथिहरुबाट शुभकामना तथा आशिर्वाद मात्रै ग्रहण गर्नुभएको थियो ।

Facebook Comments