• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गजलः बालापनको याद




हो साग पकाउदा घरमा नुनको सट्टा प्रयोग गरेको चुकको याद आयो

मैले खाएको सिस्नो कहिले खोले फाडो त कहिले गुन्द्रुकको याद आयो

जमाना खै कस्ता थिए गरिबको जिन्दगी नै होइन जस्तो त्यतिबेलाको

साहु आउथ्यो थर्काउथ्यो बाबाको छातिमा तेर्साएको बन्दुकको याद आयो

बालापन कति रमाइलो लाग्थ्यो कहिले काफल त कहिले चौतारीको बोटमा

दौँतरी सङ्ग क क ख ख पढेको कालो पाटी अनि अस्मिता बुकको याद आयो

बिमल रेग्मी, निसिखोला ४ थापागाउँ
बाग्लुङ

Facebook Comments