• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुई किशोरीको विहे गरी मनाइने अनौठो मेला




रुकुम पश्चिम सानिभेरी गाउँपालिका वडा नं ९ को मगर राङ्जामा हरेक वर्षको माघ ७ गने अनौठो खालको मेला लाग्ने गर्दछ ।
पापिनी मेला (बयलडाँडी) नाम गरेको मेलामा गाउँको माथिल्लो भागबाट दुई किशोरीलाई दुलाहा दुलहीको रुपमा सिंगारी बाजागाजा र जन्ती सहित गाउँको बीच भागमा रहेको ठुलाचौर भनिने स्थानमा ल्याई मण्डप बनाई बिबाह गर्ने प्रचलन छ । बिवाह सम्पन्न गरेपछी दुलाह दुली सहित पापिनी नृत्य प्रतुत गरिने गरेको छ ।

मगरहरुको बाहुल्य रहेको मगर राङ्जामा गरिने यो अनौठो मेला पछिल्लो समयमा सानीभेरी गाउँपालिकाको आकर्षणको केन्द्रको रुपमा चिनिएको छ । उक्त मेलामा मगर भेषभुषा तथा संस्कृतिको पहिचान झल्कने पापिनी नृत्य संगै अत्यन्तै मनमोहक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिन्छ । साना देखि बृद्ध सम्मको समूहले देखाउने सांस्कृतिक झाकीहरुले मेलालाई झनै आकर्षक बनाउने गर्दछ ।
मगर संस्कृतिलाई जगेर्ना गर्न र यहाँको कलालाई संसारकै नमुना बनाउन यहाँका युवायुवति लागि परेका छन् । सानीभेरी गाउँपालिकाको धेरै ठाउँमा मगरहरुको बस्ति रहेपनि मगर राङ्जाका मगरहरुले संस्कृति जोगाउनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

सानीभेरी गाउँपालिकाले मगरहरुको संस्कृति प्रवर्धन तथा प्रोत्साहन गर्न आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट रु २ लाख विनियोजन गरिएको छ ।
सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकिय अधिकृत कुमारी रिमा मल्ल सहित कार्यपालिका सदस्य र कर्मचारी लगाएतको टोलिले मेला अवलोकन गरेको छ ।

Facebook Comments