• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्ववियू निर्वाचनको तयारी तीब्र




त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आसन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आङ्गिक क्याम्पसका क्याम्पस प्रमुखहरुसंग छलफल गरेको छ ।

शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा डीन, निर्देशक, महाशाखा प्रमुखहरु एवं क्याम्पस प्रमुखहरुबाट निर्वाचन सफलतापुर्वक सम्पन्न गर्न र तोकिएको जिम्मेवारी पुरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुहरुमा छलफल गरी सुझावहरु प्रस्तुत गरिएका छन् ।

कार्यक्रममा त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँले क्याम्पस प्रमुखहरु एवं विद्यार्थी संघसंगठनहरुसंग निरन्तर छलफलमा रहेर निर्वाचन सम्पन्न गर्ने बताउनु भयो । उहाँले उमेद्वार हुने उमेरहद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकोले यो निर्वाचनलाई नियमित प्रक्रियाको रुपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आङ्गिक क्याम्पसहरुलाई भएको बताउनु भयो ।

छलफलबाटै निर्वाचनसम्बन्धी स्पष्ट रुपमा विधि र प्रक्रियाको टुङ्गो लगाएर तोकिएको मितिमा निर्वाचन गर्न त्रिवि सक्षम रहेको बताउनु हुँदै उहाँले त्यसको लागि सम्पूर्ण व्यवस्थापनको तयारीमा जुट्न, मतदाताहरुको नामावलीको टुङ्गो लगाउन र क्याम्पसभित्र क्रियाशिल विद्यार्थी संघसंगठनहरुसंग निरन्तर सम्वाद गर्न क्याम्पस प्रमुखहरुलाई आग्रह गर्नुभयो । उहाँले दुई वर्ष अगाडि निर्वाचन सम्पन्न हुन नसकेका क्याम्पसहरुमा समेत यस वर्ष सहज रुपमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन उच्च राजनीतिक तहसम्म निरन्तर छलफल गरेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

शिक्षाध्यक्ष प्रा.डा. त्रिपाठीले निर्वाचन प्रक्रियाको तयारी थाल्न त्रिविबाट पहिलो परिपत्र भइसकेको स्मरण गराउनुहुँदै दोस्रो चरणमा यो छलफल चलिरहेको बताउनु भयो । उहाँले अघिल्लो पटक निर्वाचन सम्पन्न गराएको अनुभवका कारण यस पटक अझ सहज ढँगले सबै क्याम्पसहरुमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । स्ववियु निर्वाचनको लागि क्याम्पस प्रमुखको जिम्मेवारी र क्याम्पसमा गठन हुने निर्वाचन समिति एवं आचारसंहिता अनुगमन उपसमिति समेतलाई बलियो बनाउँदै जिम्मेवारी तोक्ने विषयमा थप छलफल गरेर निर्णय लिइने उहाँले बताउनु भयो ।

फागुन १४ गते स्ववियु निर्वाचनको स्थापित मिति भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न विद्यार्थी संघसंगठनहरुबाट समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुखहरुबाट स्ववियु निर्वाचनको लागि आवश्यक तयारी थाल्ने प्रतिबद्धता व्यक्त भएको छ ।

Facebook Comments