• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा विप्लव नेकपाले थाल्यो दोस्रो अभियान




नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीकोे संगठन सुदृढ तथा विस्तार अभियान–२ शुरु गरेको छ । एक कार्यक्रमका बीच सो पार्टीले अभियान शुरु गरेको हो । सो अवसरमा नगरस्तरीय संयुक्त जबस भेला पनि गरिएको थियो ।

भेलालाई सम्वोधन गर्दै पार्टीका जिल्लाका इञ्चार्ज सविन पोख्रेलले सबै तहका सरकारहरुले भ्रष्टाचार गर्ने अखडा बनेको आरोप लगाउनुभयो ।

कार्यक्रममा नेकपा मालेका केन्द्रीय नेता मंगलप्रसाद चौधरीसहितका १४ जना विभिन्न पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेकपा प्रवेश गरेका थिए । जसमा लाल बहादुर चौधरी, गुरुप्रसाद चौधरी, सदन चौधरी, किसन चौधरी, शान्ती चौधरी, पूर्व जनमुक्ति सेवा विर बहादुर चन्द, दिपककुमार न्यौपाने, विर बहादुर नेपाली, चन्द्र बहादुर रावत, वेदबहादुर नेपाली, दल बहादुर नेपाली रहेका छन् । इञ्चार्ज सविन पोख्रेलले विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा आउँने सम्पूर्णलाई अविर लेपन गर्दै र बधाई दिदै पार्टीमा प्रवेश गराउनुभउको थियो ।

भेलाले आईतबार घोराहीको साईमन्दिरमा एक औपचारीक कार्यक्रम गरी जवसको विभिन्न कमिटि निर्वाचित गर्दै भेला सम्पन्न भएको हो । भेलाले युवा संगठन, नेपालमा दिपक खड्का अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा लोक बहादुर, सचिवमा विप्लव अधिकारी, सह–सचिवमा करिण र कोषाध्यक्षमा बसन्त निर्वाचित भएका छन् । त्यस्तै भेलाले अखिल नेपाल महिला संघ क्रान्तिकारीमा संगिता डिसीको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सपना घर्ति, सचिवमा बिहानी एरी, सह–सचिवमा मञ्जु भण्डारी र कोषाध्यक्षमा मिरा थापा निर्वाचित भएका छन् ।

त्यसैगरी भेलाले अखिल नेपाल टे«ड युनियनमा दिनेश नेपालीको अध्यक्षतामा २१ सदस्यीय कमिटि निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा अमर केसी, सचिवमा राम बहादुर वि.क., कोषाध्यक्षमा शिव विक लगाएत निर्वाचित भएका छन् । कार्यक्रममा अखिल नेपाल किसान संघ क्रान्तिकारीले ठाकुर चौधरीको अध्यक्षतामा १७ सदस्यी कमिटि गठन गरेको छ । जसको सचिवमा भागिराम चौधरी, कोषाध्यक्षमा प्रकाश दाहाल लगाएत रहेका छन् ।

थारु राष्ट्रिय मुक्ति मोर्चाले अध्यक्षतामा राम प्रसाद चौधरी निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा बम बहादुर चौधरी, सचिवमा शान्ति चौधरी र कोषाध्यक्षमा बुद्धिराम चौधरी लगाएत रहेका छन् । दलित मुक्ति मोर्चाले नक्षेत्र सुनारको अध्यक्षतामा १७ सदस्यीय कमिटि निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जित बहादुर सुनार, सचिवमा बिर बहादुर नेपाली र कोषाध्यक्षमा दिल बहादुर परियाल लगाएत निर्वाचित भएका छन् ।

पार्टीका जिल्ला सदस्य महानको अध्यक्षतामाभएको कार्यक्रममा जिल्ला जनपरिषदका प्रमुख गणेश चौधरी, युवा संगठनका केन्द्रीय सदस्य तथा संगठनका राप्ती व्यूरो संयोजक तिलक योगी, घोराही नगर इञ्चार्ज सहदेव थारु लगायतले बोल्नुभउको थियो ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीका दाङ जिल्ला संयोजक अशोका मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण अखिल क्रान्तिकारी दाङ जिल्ला उपाध्यक्ष अनिल केसीले गर्नुभएको थियो ।

Facebook Comments