• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पहाडी तरकारी खेतीमा चुनवाङका किसानले देखाए नमूना




रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर ९ चुन्बाङका एक परिवार तरकारी उत्पादन गरिराख्नु भएको छ । २०६१ साल देखि उक्त तरकारी पेसामा निर्भर रहेर काम गरिखेको कृषक दलपती पुनले बताउनुभयो ।

‘प्याज, आलु, भण्डा, दनिया, काउली लगायतका तरकारी ५ रोपनी जग्गामा बाह्रै मासमा उत्पादन गर्दछु यसै तरकारी बिक्रीबाट नै आफ्नो परिवारको जीविको पार्जन गरिराखेको छु ।’

वार्षिक प्याज एक सय क्वाइटोल र भण्डा गोपी र काउली गरी दुई सय क्वाइटोल हाराहारीमा उत्पादनबाट तथा अन्य थरीका तरकारीबाट वार्षिक १ लाख रकम भन्दा माथि कमाइ गरिराखेको पुनले जानकारी दिनुभयो । मेरो उत्पादनमा अर्गानिक तरकारी उपब्जाछु, मलको लागि १०,१२ ओटा बाख्रा र २ ओटा गुरू जोत्न र मल गर्न पाल्दछु भन्नु भो सयममौ मल जल गरियो भने तरकारीमा रोग नलाग्ने बताउनु हुन्छ ।

उक्त पेसामा धेरै अनुभव र समय पछिमा मात्र सफल मिलेको बतानुभयो । पेसामा लागि सके पछि पनि धेरै मात्रामा भोकेर नै वितरण गरेको रुकुमकोट, रोल्पाको बागमारा यी ठाउँमा बिक्री गरेको बताउनु हुन्छ । २०५१ सालमा १० ग्राम काउलीको बिउ लगाएकोमा ३ क्वाइटोल उत्पादन भएको तर बिक्री १७ किलो मात्र बिक्री भएको उक्त बिक्री पनि रुकुमकोटमा आफैले भोकेर बिक्री गरेको पुनले भन्नु भो त्यस पछि यस काम छोडेको थिए पछि रेडियोमा कृषि कार्याक्रम सुन्दा विभिन्न कृषक व्यक्तिले आफ्ना भनाई तथा विचार राखेको सुनेर नै पुन ः मनमा ऊर्जा थपेर व्यवसायिक रुपमा नै लाग्छु भनि विभिन्न कृषि तालिम कृषि सम्बन्धी प्राविधिहरुसंग सल्लाह सुझाव लिएर लागे यस पेसाले नै अहिले मनग्य आम्दानी गरिराखेको पुनले जानकारी दिनुभयो ।

२०६१ साल देखि लागेकोेमा कृषि मेला प्रदर्शनीमा स्थान प्राप्त गर्ने गरेको र बिक्रीको लागि ग्राहाक सम्पर्क तथा पछिल्लो समयमा बजारीकरण हुँदै गएकाले बिक्रीको क्रम बड्दै गएको जनाउनु भो । अहिलेको समयमा बजार नपाए पनि स्थानीय सरकारले किनिदिने भए पछि अब उत्पादनलाई बृद्धि गर्ने पुनले बताउनुभयो ।

भूमे गाउँपालिका वडा नम्बर ९ अध्यक्ष तथा प्रवक्ता प्रवेश पुनले भूमे सरकारले कृषकले उत्पादन गरेका कृषि उपज बिक्री नभए पनि भूमेले किनिदिने र प्रत्येक बिउमा ७५ प्रतिशत अनुदान दिइराखेको बताउनुभो । केहि समय पछि नै वडा नम्बर ९ मा मसला उद्योग खोल्ने जानकारी दिनुभयो । ‘प्याज, दनिया लगायतबाट मसला बनाउने छौँ ।’

Facebook Comments