• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इन्जिनियरिङका विद्यार्थीद्वारा हात खुट्टा गुमाएका कृष्णलाई सहयोग




राप्ती ईन्जिनियरिङमा अध्यनरत विद्यार्थीहरुले हात खुट्टा गुमाएका कृष्ण ओलीलाई सहयोग गरेका छन् । कलेजमा अध्ययनरत विद्यार्थी तथा शिक्षक कर्मचारीहरुद्धारा सहयोग संकलन गरेको सहयोग संकलन अभियानका संयोजक देबराज कार्कीले जानकारी दिनुभयो ।

पहिलो बर्ष बि.ई सिभिलको विद्यार्थीका तर्फबाट ५ हजार ७ सय २०, दोश्रो बि.ई सिभिल ४ हजार ६ सय २५,तेश्रो बि.ई सिभिल ७ हजार ७ सय चौथो बि.ई सिभिल एक हजार, दोश्रो बि.सि.ए.को तर्फबाट ६ सय ५ र शिक्षक तथा कर्मचारीका तर्फबाट ९ हजार २ सय ८० रुपैयाँ गरी जम्मा २८ हजार ९ सय ३० रुपैयाँ सहयोग प्रदान गरेको कार्कीले जानकारी दिनुभयो ।

संकलित सहयोग रकम एक कार्यक्रमका विच पिडित कृष्ण ओलीलाई हस्तान्तरण गरिएको थियो ।सहयोग संङकलन अभियानका संयोजक देबराज कार्कीले कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरीलाई पैसा जम्मा गरेको भौचार हस्तान्तरण गर्नु भएको थियो ।

त्यस अबसरमा बोल्दै निर्देशक गिरीले समाज ओलीको उपचारका लागि सहयोग प्रदान गरेको वताउँनुभयो । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी सेमत रहनु भएका गिरीले अप्टेरोमा परेकालाई सहयोग गर्नु सबै भन्दा ठुलो धर्म हुने उल्लेख गर्नुभयो । कलेजमा अध्ययनरत विद्यार्थीले खाजा कटाएर दिएको पैसा ओली परिवारलाई सहयागे गरेको वताउँनुभयो ।

सहयोग संकलन अभियानका संयोजक देबराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन विकास जिसीले गर्नु भएको थियो ।इलेक्ट्रिक सब इन्जिनियर पढेका ओली रुकुम सिम्लिका हुन ।

Facebook Comments