• ६ बैशाख २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका डिसीले चुमे एपिक नेपाल म्युजिक अवार्ड




एपिक नेपालको आयोजनमा सम्पन्न “एपिक नेपाल म्युजिक अवार्ड २०७५” को सर्वोकृष्ट वेस्ट अवार्डको उपाधि म्युजिक सम्पादक अविनास डिसीले जितेका छन् ।

‘कला र गलाको संरक्षण हाम्रो अभियान भन्ने मूल उदेश्यको साथ आयोजना गरिएको एपिक नेपाल ‘म्युजिक अवार्ड २०७५’ले सम्पादक डिसीको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको हो । दाङ तुलसीपुर उपमहानगरपालिका वडा न. ११ कटाह निवासी डिसीले लोकदोहोरी ‘अछुत’ गीतको सम्पादनबाट यो अवार्ड हात पारेका हुन् ।

अवार्ड हात पारेसँगै उनले आफुले जिवनमा गरेको संर्घषको फल प्राप्त गरेको र अझै पनि गीत संगीतको क्षेत्रमा निरन्तर संर्घषमै रहने बताए ।

एपिक नेपाल म्युजिक अवार्डमा लोक गीत, पप र लोक पप गीत, तामाङ सेलो, मेंदोमाया, काँठे भाका, देउडा गीत, पूर्वेली भाका साथै दशैँतिहार विधामा कलाकारहरू सम्मानित भएका थिए । अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न अवार्ड कुल ६६ विधामा आयोजना गरिएको थियो ।

उक्त अवार्डमा न्युज २४ का रबि लामिछाने, रेडियो काठमाडौं एफ. एम. का चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले ,नयाँ पत्रिका दैनिकका लक्ष्मण सुबेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, डीस होमका बिकास लामिछाने, नेवा अनलाईनका विजयरत्न तुलाधर, सुन्दारादेबी संदेश साप्ताहिकका किरण अधिकारि, एबिसी टेलिभिजनका बिनोद बि.क लगायत झण्डै १ दर्जन सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।
14:34

Facebook Comments