• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कुखुराको रखवारीमा पूर्वब्रिगेड कमाण्डर




तारजालीले घेरेको बिशाल घेरा भित्र टहल्दै गरेको अबस्थामा जयविर घर्ति (जेनी) घोराही १३ सेवार खोलामा भेटिनुहुन्छ । ठिहि¥याउने पुस माघको चीसोमा पनि खुट्टामा चप्पल छ । शरीरको पुरानो जाकेटले साधारण लाग्छ तर, पुर्व जनमुक्ति सेना नेपालका ब्रिगेड कमाण्डर हुनुहुन्छ ।

त्यहाँ दुईवटा ठुल्ठुला खोर छन् । खोरभित्र बयस्क कुखुराहरु ग्वार ग्वार्रति खेलिरहेका हुन्छन् । जब जेनी टहल्दै खोर नजिक आउनुहुन्छ तब कुखुराहरु च्याउँ च्याउँ गर्दै हुत्तिन्छन्, जाली नभैदिएको भए मोड्नै आउँथे । łउहिल जनमुक्ति सेना कार्यकर्ता हिडालीन्थ्यो पुर्व व्रिगेड कमाण्डर जेनिले हा हा हा हाँस्दै थप्नुभयो łअईल चल्ला पछि लाग्छन् । नियमित स्यहार सम्भारले होला कुखुराहरु पिछा गर्न थालेका छन् । त्यसैमा रमाईलो छ ।

पसिनाले निथु्रक्क भिँजेको शरीर, हतियार, खजाना र वन्दो वस्तका सामान पिठ्युमा बाकेर हिड्नुपर्दथ्यो । उहाँकाअनुसार नुहाउने धुने छेकहेरी कुनै कुनै दिनमा हुन्थ्यो । सरसफाई भन्दा बढि ध्यान दुश्मणको चलखेलामा दिनुपर्दथ्यो । करीब १५ बर्ष लामो त्यो मोर्चाबाट फर्किएको कमाण्डरलाई खोला छालको चिसोको खास्सै प्रबाह छैन । न त चल्लालाई चारोपानी र स्याहारकै झन्जट लाग्छ । खुला आकास, रुखु मनि, बुटामा अडिएर सुतेको अनुभवले सबै सामान्य बनाउँछ । हिउँ सोहरेर निदाउनुपर्ने, झोलामा अडेस लागेर थकाई मेटाउँदै दिनरात हिडेको व्यक्तिलाई अहिले गरीरहेको काम निकै सामान्य लाग्ने जेनीको भनाई छ ।

एस एलसीमा कम्पार्ट परेर घरै बसेको बेला २०५१ सालमा मुद्धा लाग्यो । त्यसपछि घर छोडेर जन युद्धमा होमिनुभयो । सेना समायोजन सम्म आईपुग्दा जिवनको उर्जाशिल उमेर सकियो । नेपाली सेनामा जानका लागि नेताहरुले बाटो अबरुद्ध गरीदिए । उहाँका अनुसार शान्ति सेनामा जानपाउनुपर्ने, क्यान्टोनमेन्टमा बसेर पढेकोलाई मान्यता दिनुपर्ने, सेवा अवधि २०५२ सालदेखि गणना हुनुपर्ने जस्ता महत्वपुर्ण सर्त नेताहरुले छोडेपछि समायोजन त्याग्नुपर्यो ।

उतिबेलाको असन्तुष्टि नेता वर्षमान पुन अनन्त लगाएत नेताहरु संग पोखेको जेनी सुनाउनुहुन्छ । हिजैदेखि काम गर्दै आएका तपाईहरुलाई साथदिएका कमाण्डर हुनेछैनन् भनेर अनन्तलाई जानकारी गराउनुभएको थियो । त्यसपछि टर्कीजाने जोस आयो । भारतको दिल्ली सम्मु पुग्नुभयो । त्यहाँबाट अगाडि बढ्न सकिएन । फर्किएर घरै आउनुभयो । यति विधिको प्रयासपछि पनि उत्साह सेलाएन । केहि त गरेरै खानुपर्छ भन्ने आँट आयो ।

कुरेलीका ढाँट बुढा, काँक्रीका राजेन्द्र बुढा सहितको टिम कुखुरा फर्ममा लगानी गर्न तयार भयो । जनीकी श्रीमति धनकुमारी ओली घर्तिको नाममा युर्नाइटेड पोल्टी फर्म दर्ता गरेर कुखुरा पाल्न थाल्यो । उहाँका अनुसार दुई वघाह जमिन एकलाख २० हजार भाडामा १० बर्षका लागि ल्यायो । तारवार गरेर संरचना बन्यो । खोलाको किनाराकै खेत थियो । खेति गर्न पनि सजिलो भयो । सेवार खोलाबाट मोटरलगाएर पानी तानी अनाज र तरकारी उबाज्न थालियो । तरकारी बाहेक यस बर्ष ७० मुरी धान मात्रै फल्यो । त्यसैबाट फाईदा कमाउन शुरु भयो ।

टोलीले छ हजार चल्ला हालेको छ । अबको करीव एक महिना पछि तिनले अण्डा दिन शुरु गर्ने छन् । दिनमा ५५ सयले अण्डा दिएपनि २५ पेटी अण्डा उत्पादन हुनेछन् । त्यसबाट दैनिक न्युनतम ४५ हजार रुपैयाँ आउनेछ । अघिल्लो बर्ष माघ १५ गते सम्झौता भएको थियो । त्यसपछि खर्चको मेलो शुरुभयो । संरचना बनाउनै साठीलाख बढि लाग्यो । १० लाख २० हजारका रुपैयाँमा चल्ला आए । अहिले दैनिक ३० हजार दाना र औषघि लागएतमा खर्च हुन्छ ।

अण्डा दिन थालेपछि अहिलेको दोब्बर दाना खान्छन् भन्ने सुनीएको छ । यति धेरै खर्चगरेरको प्रतिफल कुखुराले १८ महिना सम्म अण्डा दिन्छन् । त्यसपछि सस्तो मुल्यमा मासुमा बेचिन्छन् । अर्कोलट चल्ला हाल्ने खर्च मासुवाटै उठ्छ ।

सलिम मण्डल निसान स्मृती बृगेड चौथो डिभिजन झ्याल्टुङ डाँडाको कमाण्डर बाट जेनी बाहिरीनुभएको हो । त्यस अघि पाँचौँ डिभिजन अन्तर्गत ज्वार स्मृति ब्रिगेड टिला, दिर्घ स्मृति व्रिगेड सक्रामको सचिव, पटक पटक बटालिएन कमिसार पद समहाली सक्नुभएको छ ।

चारदशक नाघेको जिन्दगीको मध्यान्तरमा जेनीले कुखुराको रखबारीको मोर्चा सम्हाल्नुभएको छ । आफ्नो पुस्ताले जनयुद्धमा पाएको जिम्मेवारी महान रहेको जेनीको प्रतिकृया छ । उहाँकाअनुसार त्यस अघिकाले सकेनन्, अब पछिकाले त्यो अबसर पाउने छैनन् । त्यसबेला जे गरियो ठिक गरीयो । अब कुनै लोभ लालच फस्नु र आलोचना खेप्नु भन्दा व्यवसायी बन्ने नै ठुलो कुरा लाग्छ ।

त्यसैले पुर्व व्रिगेड कमाण्डरलाई कुखुराको रखबारी ठिक लागेको छ ।

Facebook Comments