• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा मदिरा आयातमा प्रतिबन्ध, फागुन १५ सम्म खाली गर्न व्यवसायीलाई आग्रह




रुकुम पश्चिममा माघ ६ गतेदेखि मदिरा आयातमा रोक लगाइने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा ५ माघमा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले यस्तो निर्णय गरको हो ।

जसअनुसार ६ माघदेखि जिल्लाभरि मदिरा पैठारीमा रोक लगाइएको छ ।

हाल जिल्लाभित्रै वैधानिकरुपमा अनुमतिपत्र लिइ मदिराको विक्री वितरण गरिरहेका व्यक्ति वा संंस्थालाई १५ फागुन सम्म आफूसँग भएको मदिराको स्टक ब्यवस्थित गरी खाली गर्न बैठकले आग्रह गरेको छ । फागुन १६ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि विक्री वितरण बन्द गर्ने निर्णय गर्दै बैठकले प्रहरीले कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको छ ।

स्थानीय तहमा उत्पादन गरिने घरेलु मदिराको उत्पादन, विक्री, वितरण अनुगमन गरी प्रचलित ऐन कानून र मापदण्डविपरीत भए गएको पाइएमा तत्काल स्थानीय तहले बन्द गर्ने र यसमा प्रहरीले सहयोग गर्ने निर्णय भएको जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले जानकारी दिनुभयो ।

निर्णयमा भनिएको छ– ‘मदिराको उत्पादन, वितरण र उपभोगलाई ब्यवस्थित गर्न यअसघि प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री जनार्दन शर्माको समुपस्थितिमा राजनीतिक दलहरुका बीच भएको सहमति सबै स्थानीय तहबाट मदिरालाई ब्यवस्थित गर्न अति जरुरी भएकाले तुरुन्त यस जिल्लालाई मदिराबाट उत्पन्न भएका विकृति नियन्त्रण गर्न गरिएको पहल, प्रचाउबाट मदिराको कारण यस जिल्लामा भएका हत्या, घरेलु हिंसा, चोरी, बलात्कार, जस्ता घटनाको करीब ८० प्रतिशत कारण मदिरा नै भएको एवं जिल्ला अस्पतालका चिकित्सकले अस्पतालमा आउने विभिन्न घटनाका विरामीमध्ये अधिकांश मदिरा सेवकै कारण हुने गरेको र उपचार गर्नसमेत समस्या आउने गरेको भन्ने भनाइ, आमा समूह, महिला समूहलगायतका विभिन्न समूहबाट सबै स्थानीय तहरु तथा वडाहरुमा पटकपटक मदिरा सेवन गरेकाहरुबाट थुपै्र घटनाहरु भएकाले यसलाई तुरुन्तै नियन्त्रण गर्नुपर्ने भनी आउने गरेका अवस्थासमेतलाई दृष्टिगत गरी अर्को निर्णय नहुञ्जेल हाललाई मदिरा उत्पादन, वितरण र उपभोगलाई ब्यवस्थित गर्ने निर्यय गरियो ।

Facebook Comments