• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनज्योति पशुपंक्षीपालक कृषक सहकारीमा पुनः बुढा




जनज्योति पशुपंक्षीपालक कृषक सहकारी संस्था घोराही १५ को १५ औं बार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः टीका बुढालाई चयन हुनुभभएको छ ।

जसको उपाध्यक्षमा पदमबहादुर केसी, सचिव दिनेश थापा, कोषाध्यक्ष कुमारी दिलमायाँ घर्ती, सदस्यहरु मोहनसिंह घर्ती, टीकाराम थापा, कुष्मा महरा, ओबिसरा बुढा, सन्तोष चौधरी, डम्बर बुढा र खेमप्रसाद बुढा रहनुभएको छ ।

लेखा समिति संयोजकमा अनुप गौतम र सदस्य निमला खनाल रहनुभएको छ भने एक सदस्य पछि थप गरिने संस्थाले जनाएको छ । संस्थाका सल्लाहकारमा चन्द्रबहादुर पुन र कमलबहादुर डाँगी चयन हुनुभएको छ ।

प्रमुख अतिथि दाङ जिल्ला सहकारी संस्थाका उपाध्यक्ष अञ्जनकुमार पौडेलले संस्था आफै उत्पादनमा लाग्नुभन्दा सदस्यलाई उत्पादनमा लगाउने र उनीहरको उत्पादन बजारीकरणमा जोड दिनुपर्ने बताउनुभयो ।

बिशिष्ठ अतिथि नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरे दलाल पूँजीवादको जोरजबरजस्तीमा बजार चलिरहेकाले यसमा हस्तक्षेप गर्न उत्पादन बृद्धिमा जोड दिनुपर्ने र सहकारीहरुले उत्पादन बृद्धिका कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष टीका बुढाको अध्यक्षमा भएको कार्यक्रममा प्रहरी चौकी गोग्लीका इञ्चार्ज मानबहादुर महराले पनि शुभकामना दिनुभएको थियो । सञ्चालक सदस्य टीकाराम थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन कर्मचारी निमा खनालले गर्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष कुमारी दिलमायाँ घर्तीले आर्थिक प्रतिवेदन र उपाध्यक्ष पदमबहादुर केसीले पञ्च बर्षीय कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

Facebook Comments