• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नचारु नाचबाट चार लाख बचतः नचारुलाई भव्य सम्मान




रुकुम पूर्व भूमे गाउँपालिका वडा नम्बर ३ क्याङ्सी नचारु तथा ढङ्गे नाचका समूहलाई सम्मान गरिएको छ । शुक्रबार एक कार्याक्रमका बिचमा सम्मान गरिएको हो । नाच समूहलाई स्थानीय गाउँले तथा व्यक्तिगत रुपमा सम्मान गरेका छन् ।

परम्परागत लोप उन्मुख नचारु तथा ढङ्गे नाच समूह क्याङसीले गत मंसिरको २६ गते देखि विभिन्न जिल्ला र गाउँमा गएर आफ्नो नाच प्रदर्शनी गरेका थिए । नचारु तथा ढङ्गे समूहले विभिन्न ठाउँमा आफ्नो गाउँको कला तथा संस्कृतिलाई प्रस्तुत गर्नमा सफल भएकोमा क्याङ्सी गाउँ र एक स्वास्थ्य कर्मिले सम्मान गरेका हुन् ।

भूमे गाउँपालिका २ काँक्री स्वास्थ्य चौकीका सह–इन्चार्ज तिलक बहादुर रोका मगरले आफ्नो व्यक्तिगत रुपमा सम्मान गर्नुभएको छ । ३० जना रहेका नचारु तथा ढङ्गे समूहलाई प्रतिव्यक्ति पगरी, अविर र फूलमालाले हौसला स्वरुप सम्मान गरेको स्वास्थ्य कर्मि रोकाले बताउनु भएको हो ।

परम्परागत कला, संस्कृतिलाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले पुरानो तथा मौलिक संस्कृतिलाई युवा पुस्टाले कलाको ग्रहण गर्नमा सहयोग पुगेकोले संरक्षण तथा कलाको विकास गर्नमा ऊर्जा मिलोस भनि समूहका प्रतिभालाई सम्मान गरेको रोकाले जानकारी दिनुभयो । पुराना मौलिक कला संस्कृतिलाई जोगाई राख्ने कार्यमा स्थानीय लागेमा संस्कृतिमा प्रयोग गरिने पोसाक तथा सामाग्री र कला प्रदर्शनीको फोटो फिचर संरक्षण गर्ने कार्यमा सहयोग गर्ने रोकाले भन्नुभयो ।

स्थानीय कला संस्कृतिलाई विकास र प्रवर्धन गर्ने उद्देश्यमा यसै आर्थिक वर्षमा वडाबाट जनजाती संस्कृति तथा भेषभुषा संरक्षण क्याङ्सी शिर्षकमा बजेट छुटयाइएको भूमे ३ का वडा अध्यक्ष दिलमान रोकाले बताउनुभयो । उक्त रकम १ लाख ९५ हजार रकम वियोजन गरेकोमा परम्परागत लोप उन्मुख नचारु तथा ढङ्गे नाचको पोसाक खरिद गरिएको वडा अध्यक्ष रोकाले जानकारी दिनुभयो । ‘पुराना मौलिक कला संस्कृतिलाई संरक्षण गरेर पर्यटनमा विकास गर्ने उहाँको भनाई छ ।’

के हो नचारु नाँच


सत्य जुगमा गुरु गोर्खनाथले दैत्ते राक्षसलाई मार्न नसकेपछि नचारु तथा ढङ्गेको पोसाकमा सजिदा गुरु गोर्खनाथलाई शक्ति प्राप्त भएर मार्न शक्ति प्रदान भएकोको विश्वासका साथ यो नाच शुरु भएको नाच समूहका गुरु धर्मबहादुर रोका मगरले बताउनुभयो । उहाँले भरुन्नुभयो– ‘गाउँमा राक्षसबाट हुने रोग तथा व्यथालाई शान्त पार्न गुरु गोर्खनाथलाई पुकारी विभिन्न खालका देवीलाई शान्त यस नाचबाट हुने र गाउँलाई सुरक्षा मिल्ने विस्वास लिन्छौँ ।’ विभिन्न ठाउँमा गएर नाच प्रदर्शन गरेमा उक्त ठाउँका मान्छेलाई पनि सुरक्षा प्रदान हुने भएको कारणले सके सम्म सबै छिमेकी गाउँमा गएर नाच प्रस्तुत गर्ने गरेको समूहका गुरु रोकाको भनाई रहेको छ ।

मंसिर २६ गते देखि भूमे गाउँपालिकाको कार्यालयबाट सुरु गरेर भूमे २ काँक्री, भूमे १ लुकुम, पुथा उत्तरगंगा गाउँपालिकाको माथिल्लो सेरा, तकसेरा त्यसैगरि बाछिगाउँ, कोल, राङ्सी, दाङ जिल्ला, रोल्पाको थबाङ, भूमे ६ महत्त र भूमे ३ सीमा ठाउँमा आफ्ना नाच प्रस्तुत गरेका थिए ।

९ लाख १५ हजार ४ सय १५ रुपयाँ रकम संकलन भएको समूहका पुन बहादुर रोकाले बताउनुभयो । जस मध्यमा खर्च २ लाख ७१ हजार ३ सय १५ रुपयाँ र सामाग्री खरिदमा २ लाख १३ हजार ४ सय गरी जम्मा खर्च ४ लाख ८४ हजार ७ सय १५ रुपयाँ भएको र बाँकी ४ लाख ३० हजार ७ सय रुपयाँ बचत रहेको रोकाले जानकारी दिनुभयो । बचत रकमलाई संस्कृति कार्यमा लगानी गर्ने समूहले जनाएको छ ।

Facebook Comments