• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुम पश्चिममा नेकपाको नयाँ गतिः सबै वडामा सकियो एकता अभियान




ढिलाइ भइरहेको बेला रुकुमपश्चिममा भने सम्पूर्ण वडामा एकता अभियान सम्पन्न भएको छ । जिल्लाका ७३ वटै वडामा पहिलो चरणको एकता अभियान सम्पन्न भएको हो ।

जिल्लामा कार्यरत तीन जना केन्द्रीय सदस्यको नेतृत्वमा तीनवटा कमाण्ड बनाएर पुस १ गतेदेखि थालिएको एकता अभियानअन्तर्गत वडास्तरका कार्यक्रम पुस २६ गते सकिएको नेकपा रुकुमपश्चिमले जनाएको छ । त्यसपछि पालिकास्तरको भेलासँगै जिल्ला बैठकबाट नयाँ कार्यक्रम तय गरिने नेकपा रुकुमपश्चिमका संयोजक महेन्द्र केसी ‘पारसमणि’ले जानकारी दिनुभयो । एकतापछि जिल्ला संयोजक तोक्ने पनि रुकुम पश्चिम नै पहिलो बनेको छ ।

सफल अभियानका अगुवा नेताहरु


केन्द्रीय सदस्य राजकुमार शर्मा ‘आर्ट’को संयोजकत्वमा रहेको गोपाल शर्मा ‘अनल’सहितको कमाण्डले चौरजहारी र सानीभेरीका सबै वडामा कार्यक्रम गरेको छ । त्यस्तै केन्द्रीय सदस्य शेरबहादुर केसी नेतृत्वको महेन्द्र केसीसहितको कमाण्डले मुसीकोट र त्रिवेणीका सबै वडामा कार्यक्रम गरेको छ । त्यस्तै केन्द्रीय सदस्य वसन्त शर्मा ‘कुशल’ नेतृत्वको अर्को कमाण्डले आठबीसकोट र बाँफीकोटका सबै वडामा कार्यक्रम सम्पन्न गरेको नेकपा रुकुमपश्चिमले जनाएको छ ।

कहाँ कहाँ पुग्योअभियान


त्यस्तै पुस २७ गते मुसीकोटमा, पुस २८ गते बाँफीकोट, २९ गते आठबीसकोट, ३० गते सानीभरी, २ गते चौरजहारी र ३ गते त्रिवेणीमा कार्यकर्ता भेला सम्पन्न गरिएको सो पार्टीले जनाएको छ । ‘सुदृढ पार्टी, जनउत्तरदायी सरकार’ भन्ने नाराका साथा एकता अभियान अघि बढाइएको नेकपा रुकुम पश्चिमले जनाएको छ । ‘हामीले वडा तहमा जनतासँग अन्तक्र्रिया गरेर सुझाव लिएका छौंं’– जिल्ला संयोजक केसीले भन्नुभयो– ‘पालिका तहमा कार्यकर्तासँग अन्तक्र्रिया गरेर सुझाव र गुनासो संकलन गरेका छौं, अब जिल्ला तहबाट आगामी अभियानका कार्यक्रम बनाउने छौं ।’
एकता गाउँ नपुग्दा निराशा

जनता र कार्यकर्ता तहबाट तल्लो तहमा पार्टी एकता नपुग्दा निराशा छाएको गुनासो आएको नेताहरुले बताएका छन् । ‘जनस्तर र कार्यकर्ता तहबाट समानखालका समस्या आएका छन्’– संयोजक केसीले भन्नुभयो– ‘एकता ढिलो हुँदा पार्टी र सरकारबीच तालमेल नमिलेको, स्थानीय तहहरुले रामै्र काम गर्न खोजे पनि कम्युनिष्ट सरकारकै अनुभूति दिलाउने गरी काम हुन नसकेको गुनासो बढी आएको छ ।’
जनताको माग– अब मानवीय विकास लागौं

रुकुममा भौतिक विकासको काम धेरै भए पनि मानवीय विकासतिर अब ध्यान केन्द्रित गर्नुपर्ने जनस्तरको माग रहेको नेताहरुले बताए । ‘यो अभियानबाट राजनीतिक परिवर्तन र विकास निर्माणको अनुपातमा सांस्कृतिक सभ्यता र चेतनाको विकास हुन नसकेको अवस्थाप्रति जिल्लाको ध्यानाकर्षण भएको छ’– उहाँले भन्नुभयो । जाँडरक्सी, जुवातास, बाल विवाह, घरेलु हिंसा आदिका कारण समाजको एउटा तप्का अहिले पनि पीडित नै भएकाले अब पार्टीले नै सामाजिक रुपान्तरणको नेतृत्व गर्नुपर्ने जनता र कार्यकर्ताको माग रहेको संयोजक केसीले बताउनुभयो ।
सार्वजनिक सुनुवाइको शैलीमा अभियान

अभियानले सरकार, पार्टी र जनतालाई जोड्न सफल भएको प्रदेशसभा सदस्य एवं नेकपाका नेता गोपाल शर्मा ‘अनल’ले जानकारी दिनुभयो । ‘यो हाम्रो राजनीतिक आन्दोलनमै नयाँ कार्यक्रम भएको छ’– उहाँले भन्नुभयो– ‘सार्वजनिक सुनुवाइको शैलीमा जनप्रतिनिधि र पार्टी प्रतिनिधिका अगाडि जनताले सिधासिधा प्रश्न गरेका छन् र सुझाव दिएका छन्, यसलाई संश्लेषण गरेर सांगठनिक एकतामा जान सके राजनीतिक र सामाजिक रुपान्तरणमा ठूलो योगदान पुग्ने छ ।’
रोजगारी सिर्जना गर्न जोड

रुकुमको पूर्वाधार विकासमा जनता सामान्यतः सन्तुष्ट नै देखिएको औल्याउँदै उहाँले अब रोजगारी सिर्जनालाई प्राथमिक एजेण्डाको रुपमा अघि सार्नुपर्ने माग आएको बताउनुभयो । ‘एकतामा ढिलाइ हुँदा सरकारको कामको प्रचार गर्न सकिएन भन्ने देखिएको छ’– उहाँले भन्नुभयो– ‘सत्ता र जनताबीचका अन्तर्विरोध यसरी नै हल गर्नुपर्छ भन्ने यो राम्रो शिक्षा पनि भएको छ ।’

Facebook Comments