• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघको छानवीन प्रतिवेदन सार्वजनिकः थापाको सदस्यता खारेज




नेपाल पत्रकार महासंघ दाङ शाखाले पत्रकार आचारसंहिता विपरित कार्य गरेको भन्दै शाखा सदस्य सागर थापालाई कारवाहीको सिफारिस गरेको छ ।

शाखा अध्यक्ष सविन प्रियाशनको अध्यक्षता तथा संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा, पूर्व अध्यक्ष, सल्लाहकार, सञ्चार संगठनको उपस्थितिमा शुक्रवार बसेको कार्य समिति बैठकले पत्रकार आचारसंहिता विपरित कार्य गरेको भन्दै थापाको सदस्यता खारेज गर्न महासंघ केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसैगरी संहिता विपरित काम गरेको भन्दै सैघाली खवर डट कममा कार्यरत विष्णुकुमार देवकोटालाई हाल पत्रकार महासंघको सदस्यता प्राप्तिको प्रक्रियामा समावेश नगर्ने निर्णय पनि गरेको छ ।

विषय : प्रेस विज्ञप्ती

नेपाल पत्रकार महासंघ दाङ शाखाको १० औं कार्यसमितिको आज मिति २०७५÷१०÷४ गते शाखाका पुर्व अध्यक्ष , शाखाका सल्लाहकार,पत्रकारिता क्षेत्रमा क्रियाशिल संघसंगठन सम्मिलित बैठक शाखा अध्यक्ष सबिन प्रियासनको अध्यक्षता एवं शाखाका संस्थापक अध्यक्ष बरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको विशेष उपस्थितिमा बसी गरिएका आवश्यक निर्णय सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरिएको छ ।

१— नेपाल पत्रकार महासंघ दाङ शाखाद्धारा २०७५ पौष २६ गते गठित छानबिन समितिले अध्ययन अनुसन्धान गरी तयार पारेको प्रतिवेदनमा पत्रकार महासंघको विधान र आचारसंहिता विपरित महासंघका साधारण सदस्य सागर थापाले काम गरेको स्पष्ट आधार प्रस्तुत भएकाले निजलाई निम्नानुसार कारबाही गर्नका लागि केन्द्रिय समिति समक्ष सिफारिश गर्ने निर्णय गरियो ।

(क) नेपाल पत्रकार महासंघको विधान २०६० (चौथौ संशोधन २०७३ मा समेत) मा कुनै पनि सदस्यले विधान तथा आचारसंहिताको गम्भिर उल्लंघन गरेको ठहर भएमा कारबाहीका लागि केन्द्रिय समितिमा सिफारिश गर्न सक्ने आधार जिल्ला संगठन समितिलाई दिएकोले साधारण सदस्य सागर थापाको हकमा दफा ७ बमोजिम सदस्यता समाप्ती अन्तर्गत दफा ३२ (क), १० (१), १० (३) विपरित काम गरेको पाईएकोले निजको सदस्यता खारेजीका लागि केन्द्रिय समितिमा सिफारिश गर्ने निर्णय गरियो ।

(ख) यसैगरी सैघालीखबर डक कममा कार्यरत विष्णू कुमार देवकोटाले पत्रकार आचार संहिता विपरित काम गरेको निष्कर्ष प्रतिवेदनमा उल्लेख भएकाले निजलाई हाल पत्रकार महासंघको साधारण सदस्यता प्राप्तीको प्रक्रियामा समावेश नगर्ने निर्णय गरियो ।

२— पत्रकार आचारसंहिता विपरित विभिन्न गतिविधि भईरहेको भन्ने जनगुनासो आइरहेकोले जिल्लाका आम सञ्चारकर्मी र सञ्चारमाध्यमालाई त्यस्ता गतिविधि नगर्न सचेत गराउने र आचारसंहिता विपरित भईरहेका गतिविधि बारे सजग हुँदै यस्ता कुरा महासंघलाई आह्वाहन गर्ने गर्ने निर्णय गरियो ।

३— पत्रकार महासंघको सदस्य रहेपनी पत्रकारितामा सक्रिय नभएकालाई सदस्यता छोड्न सार्वजनिक आह्वाहन गर्ने र निष्क्रिय र आचारसंहिता विपरित काम गर्ने सदस्यबारे छानबिन र शुद्धिकरण प्रक्रियालाई अघि बढाउने निर्णय गरियो ।

बोधार्थ
नेपाल पत्रकार महासंघ केन्द्रिय समिति
नेपाल पत्रकार महासंघ बाँके शाखा

Facebook Comments