रुकुम पश्चिम त्रिवेणी गाउँपालिका ५ खारा जिवाङ निवासी ८८ बर्षीय हरिप्रसाद घर्तीको निधन भएको छ ।
दुई छोरा दौलतराम घर्ती ‘बिजय घले’ र रिमबादुर घर्ती ‘मिलन’ जनयुद्धमा सहिद भएकाले उहाँलाई सहिद पिता भनेर स्थानीयस्तरमा चिनिन्थ्यो । हालउहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमका जिल्ला सल्लाहकार पनि हुनुहुन्थ्यो । घर्तीको सोमवार नै अन्त्येष्टि गरिएको छ ।
नेकपाका केन्द्रीय सदस्यद्वय राजकुमार शर्मा र बसन्त शर्मा, प्रदेसभा सदस्य गोपाल शर्मा, जिल्ला संयोजक महेन्द्र केसीलगायतले पार्टीको झण्डा ओडाउनुभएको थियो । छोरा बिजय घले डोल्पाको त्रिवेणीमा भएको प्रहरी चौकी आक्रमणमा मारिने त्यतिबेलाका सबैभन्दा माथिल्लो तहका कमाण्डर हुनुहुन्थ्यो । सबै छोरा जनयुद्धमा होमिएका थिए । दुइ जना सहिद भएका थिए भने माइला छोरा खड्कबादुर घर्ती वडा अध्यक्ष हुनुहुन्छ ।
यसैबीच नेकपा रुकुम पश्चिमका संयोजक महेन्द्र केसी ‘पारसमणि’ले शोक वक्तव्य जारी गर्दै घर्तीको निधनले पार्टीमा अपूणीय क्षति भएको बताउनुभएको छ । ‘रुकुमको कम्युनिष्ट आन्दोनलमा उहााको नेतृत्वको यो परिवार उदाहरणीय र प्रेरणादायी थियो’– विज्ञीतमा भनिएको छ– ‘हाम्रा एक असल अभिभावक एवं गुरु हरिप्रसाद घर्तीको निधनले मर्माहत भएका छौं ।’
उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विज्ञप्तिमा शोकाकूल परिवारजनमा समवेदना प्रकट गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।