• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जाग्दै उपभोक्ताः सुधारिदै विकास




रुकुम पूर्व भूमे गाउँपालिकाले उपभोक्ता समितिलाई एक दिने तालिम दिएको छ ।

बिहिबार भूमे गाउँपालिकाको सभा हलमा तालिम सञ्चालन गरिएको थियो । भूमे गाउँपालिकाले तालिमको लागि सबै वडाका उपभोक्ता समितिलाई जानकारी गरेको थियो । जस मध्यबाट करिव ३६ जना उपभोक्ता समितिको सहभागी रहेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो ।

विकास निर्माण काममा योजनाका उपभोक्ता समितिले योजनाको कामबारेमा समस्या भोगी रहेको गुनासो आए पछि समस्यालाई समाधान गर्ने विषयलाई मध्यनजर गरेर उक्त तालिम सञ्चालन गरिएको अध्यक्ष बुढाले भन्नु भो । आगामी दिन देखि योजनाका काम दिगोपन हुने गरि उपभोक्ता समितिले समयमौ काम सम्पन्न गर्ने गाउँपालिकाका अध्यक्ष बुढाले बताउनु भएको छ ।

उपभोक्ता समितिले योजना कामको बारेमा जानकार नभए पछि झन्झट पाइराखेका थिए । योजनाको सम्झौता, प्राविधिकले दिएको स्तमेट, डोर जाजिर त्यसैगरि सामाग्रीको विल भर्पाई जन श्रमदान जस्ता काममा उपभोक्ता समितिले दुःख पाइराखेकाले उक्त कामलाई सहजिकरण गर्न तालिम गरिएकोे भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभयो ।

योजनाको कामको बारेमा जानकार सहितको योजना कार्यान्वयन गर्दा स्थानीयलाई हुने फाइदा र उक्त तालिमले प्रशासकीय काममा छिटो हुने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

तालिममा सहभागी उपभोक्ता समितिले योजनाको क्रर्मिक कामबारे थाहा नहुदा काममा दिलाई भैराखेको बताए । एक दिनमा प्रशासकीय काम हुनेमा चार पाँच दिन लाग्ने गर्दथ्यो तर यस तालिमले काममा छरितो हुनेमा सहयोग पुगेको बताएका छन् ।

गाउँपालिकाले दिएको तालिमले योजना कार्यान्वयन गर्दा हुने फाइदा सहितको ज्ञान थाहा पाएको तालिमका सहभागी उपभोक्ता समिति हर्षित भएका छन् ।

Facebook Comments