• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब सम्झनामा मात्रै रेणुका र एटिएम




मान्छे भएर यो धर्तीमा जन्म लिएपछि मृत्यु एक दिन अवश्य छ
मान्छे ढिलो होस या चाडो एक दिन त म नमरे हुन्थ्यो भन्ने लाग्छ तर यो संभव हुँदैन । सँधै जीवित रहे हुन्थ्यो भन्दा भन्दै पनि एक दिन मर्नैपर्छ । माटोले बनेको यो शरीर फेरि माटोमा पुनः मिल्नैपर्छ । फेरि मान्छेको जीववनमा केही समस्या आउदै आउदैन्न, यो संसारमा समस्या समाधानका उपाय केही छैनन् भन्ने पनि होइन । तर, कतिपय मृत्यु निकै अपत्यारिला हुन्छन्, अहिले रुकुमकोटले यस्तै अपत्यारिलो मृत्युको सामना गरिरहेको छ ।

कुनै पनि समस्याको समाधान मृत्यु नैत होइन रुकुमकोटमा एक महिलाले भने डेढ बर्षका छोरासहित आफ्नो आत्महत्या गरेकी छन् । जिल्लाको सिस्ने गाउँपालिका वडा न ६ रुकुमकोटकी ३० वर्षीया रेनुका बिसी शाहले डेढ बर्षका कान्छा छोरा एटीएम शाहको झुन्ड्याएर हत्या गरी आफूले पनि झुन्डिएर आत्महत्या गरेकी हुन ।

उनले के कारणले यस्तो निर्णय लिइन्, कसैलाई थाहा छैन ।

२६ पुसमा औषधि उपचार गर्न नेपालगञ्ज जाने भन्दै घरबाट हिडेकी रेनुकाका आमाछोराको शव २८ पुस शनिबार बेलुकी जंगलमा भेटिएको थियो ।

घरदेखि झण्डै ३ किलोमिटर टाढाको दुरिमा रहेको सिस्ने गाउँपालिका ५ को उदिनढुङ्गा भन्ने जंगलमा छोरा झुण्डिएको अवस्थामा र आमा भूइँमा लडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

आमाको घाँटीमा डोरी रहेको र त्यो रुखबाट चुँडिएको हुनसक्ने डिएसपी तिम्सिनाको भनाइ छ । रेनुकाले छोरा एटीएमको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको आशंका छ ।

रेनुकाका ९ बर्षीयाा जेठा छोरा सौगात शाह अहिले आमा आमा भनी रुने मात्र गरेका छैनन्, उनले मेरि आमा र मेरो भाइ हुने मलाई छिटो लगिदेउ भनी चिच्याइरहेका छन् । नाबालक एटीएम र रेनुकाको अकल्पनीय दुस्खद घटनाले रेनुकाको घर परिवार र आफन्त मात्र होइन रुकुमकोटबासी शोकमा डुबेका छन् ।

उक्त दुस्खद घटनाले अहिले रुकुमकोट शोकमय भएको छ सबैसँग मिल्ने कसैको कुभलो नचाहने रेनुका रकोपिला तथा बिरुवाका मुनाजस्ता नाबालक एटीएम अहिले सबैलाई छोडेर सदका लागि गइसके पनि रेनुका र एटीएमका तस्बिर सबैका आखामा झलझली झल्किरहेका छन् । अन्तिम विदाइ आमाछोरालाई !

Facebook Comments