• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमकोटमा आमाछोरा जंगलमा मृत भेटिए




सिस्ने गाउँपालिका–६, की ३० वर्षीया रेनुका बिसी शाह र उनका २० महिने छोरा यटियम ज‌ंगलमा मृत फेला परेका छन् ।

पुस २६ गते औषधि गर्न नेपालगञ्ज जाने भन्दै घरबाट हिडेकीरेनुकाकाे शव शनिबार बेलुकी जंगलमा भेटिएकोहाे। घरदेखि झण्डै ३ किलोमिटर टाढाको उदिनढुङ्गा भन्ने जंगलमा छोरा झुण्डिएको अवस्थामा र आमा भूइँमा लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले बताए।

आमाको घाँटीमा डोरी रहेको र त्यो रुखबाट चुँडिएको हुन सक्ने डिएसपी तिम्सिनाको भनाई छ। प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेको जस्तो देखिएपनि विस्तृत कुरा भने पोष्टमार्टम र थप अनुसन्धानपछि मात्रै खुल्ने डिएसपी तिम्सिनाले बताए।

दाउरा काट्न जंगल गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनले आफूले प्रयोग गर्ने मोवाइल पनि घरमै छाडेकी थिइन्।

Facebook Comments