• १२ श्रावण २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यशोदा फूड्सको शैक्षिक अभियान तुलसीपुरमा




यशोदा फुड्स प्रा.ली ले दाङ जिल्लाको तुल्सीपुर क्षेत्रमा अवस्थित मा वि दोघरे र गुरु जजुर नमुना माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रम सम्बन्धित विद्यालयको आयोजना र यशोदा फुड्सको प्रायोजनमा सम्पन्न भएको हो।


मा वि कि कक्षा नौ मा अध्ययन गर्ने छात्रा करीश्मा डांगी र गुरु जजुर मा वि मा कक्षा नौ मा अध्ययन गर्ने छात्रा अन्जु घर्ती लाई नगद रु पांच पांच हजार सहित लाली र जुप्पी चाउचाउ एक एक पेटी कम्पनीको लोगो भयको स्कूल झोला टि सर्ट कपी र कलम एक एक थान पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा दुबै विद्यालयका प्रधानाध्यापक प्रमुख अतिथि वडा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्युहरु विभिन्न अतिथि महानुभावहरू र कम्पनीका प्रतिनिधि ज्यु हरुले आफ्नो भनाई राख्दै उद्योगीहरुले उद्योग धन्दाहरु खोलेर पैसा कमाउने मात्र नभई सामाजिक उत्तरदायीत्व अन्तरगत राष्ट्र को विभिन्न स्थानहरुमा विभिन्न सामाजिक क्रियाकलापहरु गर्ने र शैक्षिक अभियानको रुपमा विभिन्न विद्यालयहरुमा पुगि विभिन्न शैक्षिक क्रियाकलापहरू गर्ने र विद्यार्थीहरुलाइ जङफुड्स को बारेमा सचेतना गराउने साथई चाउचाउ खाने सहि तरिका पनि सिकाउने गर्दै आइरहेको कुरा अति नै स्राहनीय भयको भन्दै यशोदा फुड्सलाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।

यस्तो किसिमको कार्यक्रम अहिले सम्म यशोदा फुड्सले मात्रै गर्दै आई रहेको तथा यशोदा फुड्स राष्ट्रका सबै बिद्यार्थीहरुको भविष्य प्रति सचेत रहेको र सामाजिक उत्तरदायीत्व अन्तर्गत मेची देखि महाकाली सम्म शैक्षिक अभियानका रुपमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको कुरा यशोदा फुड्सकी जनसम्पर्क अधिकृत सरस्वती बश्यालले जानकारी गराउनु भयको थियो।

वक्ताहरूले उक्त कार्यक्रममा सहि मात्रामा र सहि तरिकाले खायो भने चाउचाउले असर नगर्ने र यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको नेतृत्व विकासमा टेवा पुग्ने भन्दै आफ्ना भनाईहरु राख्दै यशोदा फुड्स सदैव बिद्यार्थीहरुको भविष्य प्रति सचेत रहेको कुरा प्रति आभार प्रकट गर्नु भएको थियो।छात्रवृत्ति प्राप्त गर्ने छात्राहरुले यो महान अवसर आंफुलाई प्राप्त भयकोमा धेरै हौसला बढेको र भविष्यमा केही गर्न सक्छु भन्ने हिम्मत बढेको खुशी व्यक्त गरेका थिए ।

कम्पनीका राप्ती अञ्चल यरिया सेल्स मेनेजर नवराज सापकोटा अधिकृत बिक्रेता बिष्णु भुसाल तथा कम्पनीका प्रतिनिधि बिष्णु दर्नाल सृष्‍टि शाक्य बाबुराम गैरे सशिधर भट्टराई लगायतले उक्त बिद्यालयहरुलाई मायाको चिनो साथै एक एक पेटी चाउचाउ प्रदान गर्नु भएको थियो।

Facebook Comments