• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खेलकूद क्षेत्र स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्छः सभामुख




सभामुख कृष्णबहादुर महराले खेलकूद क्षेत्र देशको स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ ।

न्यू डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताका बिजेतालाई पुरस्कृत गर्नुहुँदै सभामुख महराले यस्तो बताउनुभएको हो ।

‘खेलकूद क्षेत्रले खेलाडीहरुको शारिरीक तन्दुरुस्तीको काम मात्रै गर्दैन, यसले समग्र राष्ट्रकै गौरव बढाइरहेको हुन्छ, उहाँले भन्नुभयो, ‘स्वस्थ र दक्ष जनशक्ति उत्पादन गर्नेदेखि देशको समृद्धिका लागि खेलकूद क्षेत्र निकै महत्वपूर्ण छ ।’

देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु रहेको भन्दै सभामुख महराले राज्यका तर्फबाट खेलाडीहरुलाई उचित प्रोत्साहन गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशमा थुप्रै प्रतिभावान् खेलाडीहरु हुनुहुन्छ तर राज्यको तर्फबाट खेलकूद क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो भइरहेको छैन ।’

आफू अहिले राज्यको नीति निर्माण तहमा रहेको उल्लेख गर्दै सभामुख महराले भन्नुभयो, ‘खेलकूद क्षेत्रको विकास गर्न ऐन कानूनहरु कस्ता खालका बनाउनुपर्छ र कहाँ कहाँ संशोधन गर्नुपर्छ, तपाईहरुले मलाई भन्नुहोस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्ने पहलकदमी अघि बढाउँछु ।’

सो अवसरमा प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र चौथो तथा उत्कृष्ट खेलाडीहरुलाई सभामुख महराले ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

काठमाडौंको कलंकीस्थित न्यू डायमण्ड स्कुलमा तीन दिनसम्म चलेको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफले न्यू डायमण्ड कपको उपाधि हात पारेको छ भने दोस्रो स्थान न्यू डायमण्ड क्लवले हात प्राप्त गरेको छ । त्यस्तै नेपाल पुलिसले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा प्रथम पुरस्कारको राशी ३ लाख १ हजार, दोस्रो पुरस्कारको राशी २ लाख १ हजार, तेस्रो पुरस्कारको राशी १ लाख १ हजार र चौथो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको थियो ।

Facebook Comments