• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पृथ्वी दिवसमा विद्यालयमा कार्यक्रम




लमही नगरपालिका बनगाँउमा अवस्थित देउखुरी कै पुरानाे विधालय बाल जनता माध्यमिक विधालयमा पृथ्वीनारायण शाहकाे २९७ अाै जन्मदिन काे अवसरमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस विषयक वतृत्वकला प्रतियाेगिता कार्यक्रम समपन्न भएकाे छ ।

कार्यक्रममा पृथ्वीनारायण शाह राष्ट्रिय विभुति भएको र उनले देशलाई दिएकाे याेगदानकाे बारेमा चर्चा गर्दै विधालयका शिक्षक एवम अनुशासन समिति का सभापति डम्बर जिसिले अाफ्नाे महत्त्वपूर्ण मन्तव्य राख्नुभएकाे थियाे ।

त्यसैगरी कार्यक्रमकाे सभापतित्व त्यसै विधालयका प्रधानाध्यापक चेतलाल चाैधरी ले गर्नुभयकाे थियाे ।कार्यक्रम मा विधालयका शिक्षक शिक्षिका लगायत शिशुकक्षा देखि १२ सम्मका विधार्थीरूगरि धेरैकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा साेम प्रकाश बुढाथोकी ,देवराज चाैधरी र सम्झना भट्टराईले निर्णायक मण्डलको भुमिका निभाउनु भएकाे थियाे
कार्यक्रमकाे सञ्चालन बाल जनता माध्यमिक विधालयका कम्प्युटर शिक्षक पवन पाेख्रेल ले गर्नुभयकाे थियाे । कार्यक्रम मा शिक्षक साेम अालेले अतिरिक्त ज्ञानकाे बारेमा जानकारी गराउनु भयकाे थियाे, शिक्षिका एवम अतिरिक्त कार्यक्रमकाे सम्याेजक हरिमाया रेग्मिले राष्ट्रिय एकता दिवसकाे बारेमा अाफ्नाे मन्तव्य राख्नुभएकाे थियाे ।

प्रतियाेगितामा १ छात्र र ४ छात्रा ले भाग लिएका थिए, साे प्रतियाेगितामा छात्रा निशा कुमाल प्रथम,छात्र कृतन ढकाल दितिय र छात्रा ज्ञानु चाैधरी तृतीय स्थान हासिल गरेकाे विधालयका शिक्षक ऋषिराम केसि ले जानकारी दिनुभयाे ।

बिजेताहरूलाई पुरस्कार सहित अबिर लगायर सम्मान गरिएकाे थियाे ।

विधार्थीकाे चाैतर्फी बिकासकाे लागि विधालयले हरेक शुक्रबार फरक फरक शुक्रबारीय कार्यक्रम सञ्चालन गर्दै अाएकाे छ । कार्यक्रम काे समापन विधालयका प्रधानाध्यापक चेतलाल चाैधरीले गर्नुभएकाे थियाे ।

Facebook Comments