• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल बजार बिक्री प्रतिनिधि संघ राप्तीको वनभोज




बिश्वको सबैभन्दा ठुलो त्रिशुल रहेको धारापानी पाण्डबेश्वर मन्दिर परिसरमा नेपाल बजार बिक्री प्रतिनिधि संघ राप्ती शाखा ले बनभोज तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम एस साखा का अध्यक्ष पदम भट्टराई को अध्यक्षतामा सम्पन्न भएको थियो । राप्ति शाखा उपाध्यक्ष महेश श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन महासचिव सुशील बस्नेतले गर्नुभएको थियो ।

प्रमुख अतिथि केन्द्रिय सचिव सूर्य पराजुलीले रहनुभएको थियो । अतिथिहरुमा दिनेश सुवेदी, सुनिल सुवेदी र बिक्री प्रतिनिधि संघका अध्यक्ष केशब बुढ़ाथोकी, लुम्बिनीबाट माधब आचार्य, राजन अधिकारी, दीपक बास्तोला, लक्ष्मण सिंह, बिमल अर्याल, मदन बुढाथोकी आदिको सहभागिता रहेको थियो ।

कार्यत्रमmमा सल्लाहकारहरु सुदीप भण्डारी, केशव भट्टराई, बिक्रम श्रेष्ठलगायत रहनुभएको थियो । संघले प्रमुख अथिति तथा अतिथिलाइ खादा र टिकाले सम्मान र स्वागत गरेको थियो । साथै शुभकामना आदानप्रसादन पनि गरिएको थियो ।

संघले सामाजिक कार्यक्रमअन्तर्गत शाखाभित्र आबद्ध ४ जना मोटरसाइकल दुर्घटना र आगलागी भइ दुर्घटनामा परेकालाई नगद रु पाँच हजÞार एक सयका दरले आर्थिक सहयोग गरेको थियो ।
संघले सामाजिक कार्यक्रम गर्दै आएको सामाजिक कार्यक्रम स्वरुप राप्ती शाखाले बेलाबेला रक्तदान कार्यक्रम गरिसकेको र बीचमा जस्तापाता पनि सहयोग गरेको संघका सचिव नबराज सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमको ब्यवस्थापन तथा सहजीकरण पनि सापकोटाले गर्नुभएको थियो । सहसचिव राजेश ओलीले संस्थाको अवस्था र कोष विवरण संघका कोषाध्यक्ष उदय खड्काले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ११० जनाको उपस्थिति रहेको थियो ।

केन्द्रीय सचिव सूर्य पराजुलीले मार्केटिङ क्षेत्र र यसमा हुने गतिविधिका बारेमा बोल्नुभएको थियो । उहाँले राप्ती शाखाले गरेको प्रगति र सामाजिक कार्यको खुलेर प्रशंसा गर्नुभएको थियो ।

Facebook Comments