• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कामी बुढा पार्कमा वृहत खेलकूद शुरु




रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० स्थित कामी बुढास्मृति पार्क खर्सुपानीमा परम्परागत मेलाको अवसरमा वृहत खेलकूद कार्यक्रम शुरु भएको छ ।

नेपालका प्रथम कम्युनिष्ट सहिद कामी बुढाको जन्मस्थलमा मेला शुरु भएको हो । सहिद कामी बुढा–विजय–छहरा युवा क्लबको आयोजनामा भएको मेलाको आज जिल्ला समन्वय समिति रुकुमका प्रमुख राजकुमार शर्माले उद्घाटन गर्नुभएको छ ।

मेला उद्घाटन गर्दै प्रमुख शर्माले परम्परागत मेलापर्वको संरक्षण गर्दै त्यसलाई रचनात्मक रुप दिनु राम्रो काम भएको बताउनुभयो । युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने खेलकूद व्यक्तिको स्वास्थ्य र राष्ट्रकै लागि महत्वपूर्ण भएको भन्दै जनस्तरको पहलमा यस्ता कार्यक्रम गरिनु थप खुशीको कुरा भएको बताउनुभयो ।

उहाँले विकासमा युवा परिचालन गरेर जाने सरकारको नीति भएकाले सम्पूर्ण क्षेत्रमा युवाको उपस्थिति मात्र होइन अब नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

क्लबका अध्यक्ष तपबहादुर कठायतको अध्यक्षतामा भएको कार्यक्रममा मुसीकोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक सुशील गौतमले पनि शुभकामना दिनुभएको थियो । वडा नम्बर १० का अध्यक्ष गोप्यश्वर केसी, वडा नम्बर ९ का अध्यक्ष नवीन ओलीलगायतका आतिथ्य रहेको थियो । क्लबका सचिव नरेन्द्र कठायतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सदस्य लोकेन्द्र कठायतले गर्नुभएको थियो ।

खेलकूदमा वडास्तरीय पुरुष भलिबलका लागि २५ टीम दर्ता भइसकेका छन् भने अन्य प्रतियोगिताका लागि दर्ता गनेृ क्रम चलिरहेको छ । भलिबलका लागि रुकुम पश्चिमका विभिन्न पालिकाका वडा, रोल्पा र रुकुम पूर्वका वडाहरुबाट पनि टीम आएका छन् । माघ १ गतेसम्म चल्ने मेलाको समापनमा प्रदेश कृषिमन्त्री बिमला केसीको सहभागिता रहने आयोजकले जनाएको छ ।
मेलामा खुला वडास्तरीय पुरुष र भलिबल प्रतियोगिता, दोकदोहरी, सामूहिक नृत्य, रस्साकस्सी, एकल नृत्य, घैटा फोर, जोडी रिले, भाले तान्नेलगायतका प्रतियोगिता राखिएको आयोजक क्लबले जनाएको छ ।

प्रतियोगितालाई वडा कार्यालयले सहयोग गरेको छ ।

Facebook Comments