• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संविधान कार्यान्वयनमा नागरिक दबाब आवश्यकः पूर्वराष्ट्रपति




गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डाक्टर रामबरण यादबले बर्तमान संविधान कार्यान्वयनमा चिन्ता ब्यक्त गर्नुभएको छ ।

रिपोर्टस क्लब दाङले बिहिवार तुलसिपुरको विमान स्थलमा गरेको विशेष साक्षात्कारमा बोल्दै उहाले संविधान कार्यान्वयनमा देखिएका समस्याहरु प्रती आशका गर्दै कार्यान्वयनमा चिन्ता ब्यक्त गर्नुभएको हो ।

डाक्टर यादवले भन्नुभयो “ म जहाँ जान्छु संविधान कार्यान्वयनमा जोड दिदै आएको छु यसो गर्दा सरकारलाई केही न केही दबाव पुग्ने छ भन्ने आशा लिएको छु “ पुर्व राष्ट्रपति यादवले भन्नुभयो ।
साक्षात्कार कार्यक्रममा उहाले संविधान अक्षरस कार्यान्वयन हुनुपर्नेछ धारणा राख्दै मुलुकलाई सहि ढङ्गबाट सञ्चालन गर्न पनि संविधान कार्यान्वयन हुनुपर्छ भन्ने आम जनताको आशा र भरोसा जस्तै मेरा पनि चाहाना त्यहि हो उहाले प्रष्ट पार्नुभयो ।

रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कारमा बोल्दै गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यदी आँफु अस्पताल जानु परेमा सरकारी अस्पतालमा मात्रै जाने बताउनुभयो । साक्षात्कार कार्यक्रममा बोल्दै डाक्टर यादबले भन्नुभयो

‘मेरो एउटा सीमा छ,म प्रोफिट मेकिङ अस्पतालमा जाँदैन,’ डा.यादवले भने ‘यदी म गएछु भने सरकारी अस्पतालमै जाने छु ।’ उनले काठमान्डौंमा भए बीर र टिचिङमा अनि मोफसलमा भए गृहजिल्ला जनकपुरमा जान सक्ने इच्छा जाहेर गर्नुभयो ।

आँफू नेपाली काँग्रेस बाट ट्रेन्ड भएर प्रथम राष्ट्रपति हुने सौभाग्य समेत मिलेको हुँदा काँग्रेसका नेताहरुले बीपी, गणेशमानका नामबाट खोलिएका अस्पतालमा जान सुझाएको भएपनि त्यहाँ जान नसक्ने उनले बताउनुभयो ।

आँफु बीपी, गणेशमान र महेन्द्र नारायण निधिको मात्रै नभएर अन्तिम समयमा कृष्णप्रशाद भट्टराईको पनि फिजिसयन डाक्टर भएर काम गरेको स्मरण गरेका डा.यादवले मनमोहन लगाएतका नेताहरुको नाममा पनि अस्पताल खुलेको हुँदा उनीहरुको नाम वदनाम गर्न कोही पनि लाग्न नहुने धारणा राख्नुभयो । ‘उहाँहरु सबैको लोकतन्त्र प्राप्तीमा ठूलो योगदान छ,त्यसैले उहाँहरुको सम्मान गर्नुपर्छ ,’ यादवले भन्नुभयो।

फरक प्रशंगामा उहाले आफ्नो रुचि र चाहाना वातावरणिय पक्षमा कामगर्ने पनि रहेको बताउनुभयो । हिमाल, पहाड र तराईको वन जंगल तथा वातावरण कसरी जोगाउन सकिन्छ भन्ने वारेमा आफुलाई बढी चिन्ता लाग्ने गरेको उहाले बताउनुभयो । उहाले समाजको सदभावलाई कसरी जोड्ने, क्षेत्रीय र जातिय सदभाव कसरी दिगो राख्ने तथा राष्ट्रिय एकतालाई कसरी बलियो बनाउने भन्ने चिन्ता रहेको बताउनुभयो ।

त्यस्तै उहाले यही संविधान लागु भएर देशका सबै समस्या समाधान हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । केही असुन्तुष्टि रहेपनि त्यो समाधान गर्नुपर्ने उनले बताउनुभयो । संघीय, प्रदेश र स्थानीय कानुन बनाएर संविधानको पूर्ण कार्यान्वय हुने उहाको कथन थियो । उनले आफ्नो लागि राज्यले जे व्यवस्था गरिदिएको छ त्यो अनुरुप आफु चल्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण रिपोर्टस क्लका महासचिव बिमल गौतमले गर्नुभएको थियो ।

Facebook Comments