• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यानिलकण्ठमा माघी बिशेष




विद्यानिलकण्ठ क्याम्पस घोराहीमा माघि विशेष कार्यक्रम सम्पन्न भएको छ । थारु तथा मगरहरुको महान चार्ड माघि पर्वको अवसरमा कार्यक्रम गरिएको हो ।

विद्यालयका प्रध्यानाध्यापक शरद कुमार शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थी लक्ष्मण विक, शुसिला चौधरी , प्रध्यानाध्यापक शरद कुमार शर्मा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले कला,सस्कृति भनेको देशको पहिचान हो यसलाई जोगाई राख्न सबैले हात्तेमालो गर्नुपर्छ , माघि संक्रान्तिलाई सभ्य र भव्य रुपमा मनाउ भन्दै सबैलाई माघिको शुभकामना पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

माघि विशेष कार्यक्रममा सुमित्रा रोका र क्रन्च शाहले नृत्य, बिवेक बुढा मगर र दिनेश रैदासले मुक्तक प्रस्तुत गरेका थिए भने तिलक पुन मगर , प्रेम मगर र निर्मला दाहालले गीत गायर आफ्नो प्रस्तुति देखाएका थिए ।

कार्यक्रमको सहजीकरण शरद पुलामीले गर्नुभएको थियो ।

Facebook Comments