• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
झिगौरामा माघी मिलन




घोराही उपमहानगरपालिका वडा नं.१४ स्थित झिगौरामा माघी मिलन कार्यक्रम सम्पन्न गरिएको छ ।

माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस अबसरमा बोल्दै संघीय संसदका सदस्य मेटमणी चौधरीले माघी थारु समुदायको महान पर्व भएको हुदा सवैले एक आपसमा माया प्रेमका साथ मनाउँनु पर्ने वताउँनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका चौधरीले ब्रामहण, क्षेत्री, मगर सबैले सद्भावका साथ मनाउँनु पर्ने उल्लेख गर्नुभयो । झिगौराका सबै थारु सुमदाय गुठीको जग्गामाबस्दै आएको बताउँदै किसानले जोतभोग गर्दै आएको जग्गा रैकरमा परिणत गर्ने उदेश्यका साथ सरकारले कानुन वनाउँन थालेको वताउँनुभयो ।

गुठी,मठ मन्दिर,देवालय, र भागवानका नाममा किसान माथि अन्याय गर्न नपाईने वताउँदै त्यसको लागि सम्पूर्ण किसान एक भएर लाग्नु पर्ने बताउँनुभयो । माघी मिलनका अबसरमा आयोजित साँस्कृतिक कार्यक्रममा रातामाटा टोल विकास संस्था पहिलो,हरियाली बचत समुह दोश्रो,गरुवा गाउँ टोलविकास संस्था तेश्रो,कपासी टोल विकास संस्था चौथो झिगौरा टोल विकास संस्था पाँचौ र ठोक्रैया टोल विकास सस्था छैठौ स्थान हासिल गरेका थिए ।

टोल विकास संस्थाहरुले क्रमश ३ हजार,२ हजार,१ हजार,७ सय र ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । झिगौरा टोलविकास संस्थाका अध्यक्ष बलबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा वडा नं. १४ का सदस्य लक्षुमण बुढा, नैना चौधरी,गुलाम रशुल, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली लगाएतले माघीको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन भागीराम चौधरीले गर्नु भएको थियो ।

Facebook Comments