• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
३ दिने निशुल्क मोतिया विन्दु आँखा शिविर उद्घाटन




सुर्खेतको सिम्तागाउपालिकामा एक कार्यक्रमका बिच गाउपालिका अध्यक्ष कबिन्द्र कुमार केसिले नि शुल्क मोतिया बिन्दु शल्यक्रिया शिवीर उद्घाटन गरेका छन ।

बागेश्वरी माध्यमिक बिध्यालय राकम सुर्खेतमा मंगलबार २४ गते देखि २६ गते सम्म सन्चालनमा आउने आयोजकले जानकारी दिएको छ ।

३ दिन सम्म चल्ने शिबिरमा सिम्तागाउपालिका लगाएत छिमेकि जिल्ला सल्यान, जाजरकोट, र रुकुम लगाएतका स्थानीयले नागरिकले सेवा लिन सिम्ता गाउपालिकाका प्रवक्ता टेकनारायण बिकले जानकारी दिनु भएको छ ।

सिम्तागाउपालिकाको आर्थिक सहयोग तथा सुर्खेत आखा अस्पताल बिरेन्द्रनगरको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपसाखा राकममको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो ।

आजै उद्घाटन दिनमा मात्र २५ जना मोतिया विन्दु शल्यक्रिया गरिएको छ भने १५० जनाको चेकजाँच गरिएको छ । कार्यक्रममा सिम्ता गाउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसि प्रमुख अतिथि र उपाध्यक्ष चन्द्रकला शाही , आँखा अस्पताल सुर्खेतका प्रमुख डा लिलाराम सुवेदी लगाएत अतिथिको उपस्थिति रहेको थियो ।

Facebook Comments