• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कामी बुढा पार्कमा मेलाको तयारी




रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० स्थित कामी बुढास्मृति पार्क खर्सुपानीमा मेलाको तयारी थालिएको छ । नेपालका प्रथम कम्युनिष्ट सहिद कामी बुढाको जन्मस्थलनजिक रहेको सो स्थानमा माघ १ गते परम्परागत पापिनी मेला लाग्दै आएको थियो ।

यो मेलालाई कामी बुढास्मृति पार्कमा सारेर विबिध रचनात्मक प्रतियोगिताको तयारी गरिएको छ । भर्खरै गठन भएको सहिद कामी बुढा–विजय–छहरा युवा क्लबको आयोजनामा पुस २६ देखि माघ १ गतेसम्म मेला लगाउने तयारी गरिएको छ ।

मेलामा वडास्तरीय पुरुष र भलिबल प्रतियोगिता, दोकदोहरी, सामूहिक नृत्य, रस्साकस्सी, एकल नृत्य, जोडी रिले, भाले तान्नेलगायतका प्रतियोगिता राखिएको क्लबका अध्यक्ष तपबहादुर कठायतले जानकारी दिनुभयो । पुस २६ गते मेलाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले गर्नुपर्ने हुनेछ । मेलाको तयारी तीब्र बनाइएको अध्यक्ष कठायतले जानकारी दिनुभयो ।

प्रतियोगिताको पुरस्कारका लागि प्रायोजक खोज्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । जसअनुसार पुरुष भविबल प्रथम पुरस्कारका लागि वडा अध्यक्ष गोप्यश्व केसी र सदस्य धनबहादुर खड्का, दोस्रो पुरस्कारका लागि मदन कठायत (जापान), तेस्रो पुरस्कारका लागि पूर्णबहादुर बुढा (जापान) र महिला भलिबलको पुरस्कारका लागि अरुण बुढा मगर (हिल)ले प्रायोजन गर्नुहुने भएको छ ।

त्यस्तै लोकदोहोरीका लागि सूर्य काष्ठ उद्योग मुसीकोटका सूर्यबहादुर गिरी, सामूहिक नृत्यका लागि बालकल्याण मावि झुल्खेत, रस्साकस्सीका लागि लोकेन्द्र ओली (मलेशिया), एकल नृत्यका लागि वडासदस्य टेकबहादुर कठायत, जोडी रिलेका लागि ऋतु आयुर्वेद मेडिकलका ठानबहादुर केसी, भाले तान्ने खेलका लागि प्रतिक आइएमइए मुसीकोटका गणबहादुर कठायत र घैटाफोरका लागि जयकृष्ण भाडा पसल झुल्खेतका खड्क पुनले पुरस्कार प्रायोजन गर्ने वडा आयोजक समिति सदस्य लोकेन्द्र कठायतले जानकारी दिनुभयो ।

त्यस्तै ग्लोबल इन्जिनियरिङ अटो मोबाइल प्राइभेट लिमिटेड मुसीकोटले मेला आयोजक क्लबलाई २० थान कुर्सी सहयोग गर्ने भएको छ । कम्पनीका गणबहादुर कठायात, लालबीर बोहरा, आकाश रोका र बिष्णु ओलीले क्लबलाई सँधै काम लाग्ने गरी २० थान कुर्सी उपहार दिनथाल्नुभएको छ ।

त्यस्तै मञ्च ब्यवस्थापनका लागि वडा नम्बर ९ का अध्यक्ष नवीन ओलीले सहयोग गर्नुभएको छ ।

क्लबको अध्यक्षमा कठायत


यसैबीच केही दिनअघि मात्रै रुकुमपश्चिमको मुसीकोट १० मा सहिद कामी बुढा–विजय–छहरा युवा क्लब गठन गरिएको थियो । क्लबको अध्यक्षमा तपबहादुर कठायत रहनुभएको छ । जसको उपाध्यक्ष वेदलाल खड्का, सचिव नरेन्द्र कठायत, सहसचिव भुपेन्द्र बुढा र कोषाध्यक्ष पूजा राना रहनुभएको छ ।

क्लबका सदस्यहरुमा उज्वल केसी, लोकेन्द्र कठायत, खगेन्द्र रोकाय, सरोज सुनार, प्रकाश सुनार, करुणा कठायत, सुनिता खड्का, नरेश ओली, लिला बिष्ट र चन्द्र खड्का रहनुभएको छ ।

Facebook Comments