• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी सुविधा यथावत गर्न प्रधानमन्त्रीको निर्देशन




प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसअघि सञ्चालित आमा सुरक्षा कार्यक्रमलगायत सबै सरकारी सेवा सुविधा यथावत राखेर थप गरीब असहायलाई निशुल्क उपचारको ब्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

प्रतिष्ठानको सिनेट बैठकलाई सम्वोधन गर्दै प्रतिष्ठानका कूलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले सो निर्देशन दिनुभएको थियो । प्रतिष्ठानले आमा सुरक्षा कार्यक्रमअन्तर्गतको सुत्केरी भत्ता कटौति गर्दै सत्केरी गराउँदा शुल्क लिने नीति बनाएपछि ब्यापक बिरोध भएको थियो । यो विवाद अदालतमा पुगेपछि हाल अदालतले शुल्क लिन रोक लगाएको छ ।

यसैक्रममा आज बसेको सिनेट बैठकमा प्रधानमन्त्रीले सरकारी सेवा सुविधामा यथावत राख्दै थप सुविधाका लागि निर्देशन दिएको स्रोतले जनाएको छ । थप बिपन्न र असहायका लागि निशुल्क कार्यक्रम बनाउन पनि उहाँले प्रतिष्ठानलाई निर्देशन दिनुभयो ।

यसैबीच सिनेट बैठकले प्रतिष्ठानको झण्डै २२ करोड बराबरको बार्षिक कार्यक्रम स्वीकृत गरेको छ । सिनेट बैठकमा उपकूलपति डा. संगिता भण्डारीले पाँच बर्षको कार्यक्रम बनाउने प्रस्ताव गरे पनि प्रधानमन्त्रीले अहिले एक बर्षका लागि मात्रै २२ करोडको बार्षिक कार्यक्रम बनाउन निर्देशन दिनुभएको सिनेट बैठक स्रोतले जनाएको छ ।

Facebook Comments