• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा पहिलोपटक भलिबल खेलको तालिम




जिल्लामा पहिलो पटक भलिबल खेलकुद तालिम सञ्चालन गरिएको छ ।

रुकुम पूर्व भूमे गाउँपालिकाको आर्थिक सहयोगमा मल्टी सोसियल संस्था रुकुम पूर्वको आयोजनामा उक्त तालिम पौष १८ गते देखि सुरु भएको छ । भूमे गाउँपालिका वडा नम्बर २ खाबाङ बगरमा तालिम भैराखेको छ ।

भूमेको ९ वटै वडाबाट नयाँ खेलाडी दुई/दुई जनाको दरले एक पुरुष र एक महिला खेलाडीे तथा पहिलेका पुराना खेलाडीलाई पनि तालिममा सहभागी हुनेगरि भलिबल तालिमको आयोजना गरिएको मल्टी सोसेल संस्था रुकुम पूर्वका अध्यक्ष सुनिल रोका मगरले बताउनु भएको छ । ‘युवा तथा खेलाडीको माग अनुसार नै भलिबल तालिमको व्यवस्थापन गरिएको हो रोकाले भन्नु भो ।’

त्यस अनुसार युवा र खेलकुदको विकासको निम्ति परम्परा शैलीले खेलाडीमा नियमको कमी कमजोरी देखिएकोले खेलको नियम जानकार सहितको भलिबल खेलकुदको विकास र खेलाडीको खेललाई सुधार गर्ने आवश्यकले तालिमको आयोजना गरिएको मल्टी सोसेल संस्थाले जनाएको छ ।

भलिबल तालिमले खेलाडीको खेललाई सुधार गरेर नयाँ ऊर्जा खेलाडीमा हौसला मिल्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । उत्कृष्ट भलिबल खेलाडी बनाउने लक्ष्य पालिकाले राखेको अध्यक्ष बुढाले भन्नु भो, उक्त तालिमले भूमेका खेलाडी क्षेत्रीय स्तर, राष्ट्रिय स्तर तथा विभिन्न नाम चलेका क्लवमा पनि छनोट हुने विस्वास लिएको अध्यक्ष बुढाले जानकारी दिनु भएको छ ।

भलिबल तालिम माघ ७ गते सम्म हुने भएको छ । तालिमको प्रशिक्षक राष्ट्रिय भलिबल खेलाडी तथा रेफ्रि महेन्द्र शेरचनद्वारा तालिम चलिराखेको छ । भूमेको सबै वडामा पत्रचार गरिको थियो । त्यस मध्यबाट आइतबार सम्ममा पुरुष खेलाडी १८ जना र महिला खेलाडी १० गरि जम्ममा २८ जना खेलाडीले भलिबल तालिममा सहभागी जनाएका छन् ।

तालिममा सहभागी सबै खेलाडीलाई खाना, बस्न समेत व्यवस्था आयोजकले गरेको छ ।

Facebook Comments