• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषकलाई आत्मनिर्भर वनाउन कर्णाली प्रदेशमा प्रोत्साहन कार्यक्रम




कर्णाली प्रदेश सरकारका प्रबक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मानिर्भर वनाउन प्रोत्साहन कार्यक्रम संचालन गरिएको वताउनुभएको छ ।

राष्ट्रिय किसान आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश तथा केन्द्र स्तरमा कृषि प्रसार,अनुसन्धान र विकास तथा किसानका समसामयिक समस्या सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै कृषि मन्त्री केसीले कर्णालीका किसानलाई कृषकलाई आत्मानिर्भर वनाउन प्रोत्साहन कार्यक्रम संचालन गरिएको वताउनुभएको हो ।

कर्णाली प्रदेशका १० वटै जिल्लावाट सहभागी किसानहरुलाई सम्बोधन गर्दै मन्त्री केसीले कर्णालीका किसानहरुको जीवनस्तर परिवर्तन गर्न कर्णाली प्रदेश सरकार लागि परेको वताउनुभएको छ ।

कर्णालीको गरिवी अन्त्य गरि किसानको जीवनस्तर उकास्न किसान लक्षित विभिन्न कार्यक्रम गर्न लागीएको मन्त्री केसीले वताउनुभयो । अन्तरक्रिया कार्यक्रममा केसीले कर्णालीका किसानहरुलाई प्रत्यक्षरुपमा राहत हुने गरि प्रदेश सरकारले कृषक पेन्सन ,गरिवी तथा वास्तविक कृषकको पहिचान, किसान सरकार हातेमालो कार्यक्रम लगाएका कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।

कृषिलाई कर्णाली प्रदेशको समृद्धीको पहिलो आधार वनाएर कार्यक्रम संचालन गरिएको उहाँको भनाई छ । मन्त्री केसीले किसानले उत्पादन गरेका वस्तुको वजारीकरण नहुदा समस्या भएको भन्दै वजारीकरणको ब्यवस्था सरकारले गर्ने जानकारी दिनुभयो ।

कर्णालीको कृषिमा आकर्षण वढाउन प्रोत्साहन अनुदानको ब्यवस्था गरिएको मन्त्री केसीले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रवहादुर श्रेष्ठ, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्य प्रसाद रेग्मी लगाएत आयोगका पदाधीकारीहरु, कर्णाली प्रदेशका १० वटै जिल्लाका कृषकहरुको सहभागीता रहेको छ ।

Facebook Comments