• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध, सदरमुकाम अन्धकारमा




रुकुम पुर्बमा गत शनिवार राती देखि अबरुद्ध विद्युत सेवा ३ दिन बितिसक्दा पनि अझै सुचारु हुन सकेको छैन।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा न १ लागिममा रहेको नव भिजन जलविद्युत आयोजनाको पेमेस्टिक पाइप अड्याएको मुख्य पिलर भत्किए पछि विद्युत सेवा अबरुद भएको हो ।

पेमेस्टिक पाइप अड्याएको पिलर नजिकै बाट बिगत एक बर्ष अघि मोटर बाटो खनेकाले त्यसै मोटर बाटोको असरले पेमेस्टिक पाइप अड्याएर राखेको पिलर भत्किएको नव भिजन जलविद्युत आयोजनाका अध्यक्ष दिपेन्द्र बहादुर मल्लले जानकारी दिनु भयो ।

अध्यक्ष मल्लले भन्नुभयो अन्यत्र कतै बाट मोटर बाटो खोल्ने ठाउँ उपयुक्त नभए पछि यहीँबाट खोलियो जमिन खुकुलो रहेछ सुख्खा पहिरोले गर्दा मुख्य पिलर भत्किएर विद्युत अबरुद्ध भयो ।

आफुहरुले नयाँ पिलर निर्माण र पहिरो लडेको ठाउँमा वाल लगाउने काम तिब्र गतिमा गरिरहेकाले सोमबार साझसम्ममा विद्युत सुचारु गर्ने योजना बनाएका थियौ । तर हिउदे वर्षा र चिसोले गर्दा काम सकिएन आज पनि विद्युत सुचारु गर्न सकेनौ ।

अध्यक्ष मल्लका अनुसार वाल र पिलर निर्माणको काम ढिलोमा एक दुई दिन भित्रमा सकिने भएकाले अबको दुई दिन पछि मात्र पुनः विद्युत सुचारु हुन सक्ने उहाको भनाइ रहेको छ ।

९० किलोवाट क्षमताको उक्त विद्युत सेवा अबरुद्ध हुदा सदरमुकाम रुकुमकोट सहित सिस्ने गाउँपालिका ३ र ४ नम्बर वडा तथा बाफिकोट गाउँपालिकाको १ न वडाका करिब १८२५ घर धुरी अध्यारोमा बस्न बाध्य भएका छन ।

हरेकको दैनिकी सङग जोडिएको अबरुद्ध विद्युत सेवा अबरुद्ध हुदा जिल्ला स्तरमा सञ्चालन हुने विभिन्न कामकाज सञ्चालन गर्न समस्या हुने गरेको छ ।

अरु जलविद्युत आयोजनाको तुलनामा यस जलविद्युत आयोजनाले छिट्टै निर्माण कार्य सम्पन्न गरि विद्युत प्रबाहमा ल्याए पनि पछिल्लो समय पटक पटक बिग्रँदा सेवाग्राही लाई निकै नै सास्ती हुने गरेको छ ।

Facebook Comments